जनकपुर– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानले नै निर्धारण गरेको सहकार्यतालाई तीनै तहको सरकारले व्यवहारमा लागू गर्नुपर्ने बताएका छन्।
नेकपा संसदीय दलको कार्यालयले शनिबार जनकपुरमा आयोजना गरेको ‘उर्जा र सिँचाइमा तीनै तहका सरकारको भूमिका विषयक अन्तरक्रिया’ कार्यक्रममा मुख्यमन्त्री राउतले तीन तहकै सरकार बीच समन्वय र सहकार्यको आवश्यकता भएको औंल्याएका हुन्।
समन्वय र सहकार्यको नीतिले नै मुलुक विकास र सुशासनको बाटोमा अघि बढ्ने उनको भनाइ छ।
कृषि र कृषि उद्योगको पर्याप्त सम्भावना रहेको प्रदेश २ मा सिँचाइको असुविधा सबैभन्दा ठूलो समस्या भएको बताउँदै संघीय सरकारको यस विषयमा ध्यानाकर्षण गराए।
सिँचाइ सम्बन्धी योजना प्रदेश मातहत राख्नु पर्ने र संघीय सरकारले सुनकोसी कमला डाइभर्सन तथा चुरे संरक्षण जस्ता ठूला योजनामा ध्यान दिनुपर्ने उनको सुझाव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।