काठमाडौं– ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतबीच कर्मचारी व्यवस्थापन र मन्त्रालय मातहतको आयोजनाका विषयमा छलफल भएको छ।
जनकपुरस्थित मुख्यमन्त्री रावतको निवासमा भएको भेटवार्तामा मुख्यमन्त्री रावतले भारतीय जनता पार्टीका नेतासमेत रहेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विवाह पञ्चमीको अवसरमा जनकपुर आउन लागेको विषयमा जानकारी गराएका थिए। त्यसको लागि प्रदेश सरकारले सम्पूर्ण तयारी गरिसकेको उनले बताए।
भेटमा २ नम्बर प्रदेशमा सञ्चालित ऊर्जा र सिँचाइका आयोजनाबारे पनि छलफल भएको थियो।
मुख्यमन्त्री राउतले प्रदेश अन्तर्गतका कार्यक्रमका विषयमा जानकारी गराउनुका साथै केन्द्र सरकारले अघि बढाइरहेको सुनकोसी कमला डाइभर्सनले सप्तरी, सिरहा लगायतका जिल्ला सिँचाइबाट लाभान्वित हुने बताए।
जवाफमा ऊर्जामन्त्री पुनले सुनकोसी कमला डाइभर्सन मन्त्रालयको उच्च प्राथमिकतामा रहेको भन्दै यसले २ नम्बर प्रदेशको विकासमा ठुलो योगदान पुर्याउने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।