धनगढी– कैलालीको मोहन्याल गाउँपालिका वडा नं.३, फलेविसौनामा सालका रुख काटेको आरोपमा दुई जनालाई पक्राउ गरेको प्रति नेपाली कांग्रेस कैलालीले विरोध जनाएको छ।
निर्माणधिन सडकका सालको रुख काटेको आरोपमा मोहन्याल गाउपालिका वडा नं.३ नेपाली कांग्रेसका तर्फबाट विजयी वडा अध्यक्ष नन्द राज गिरी (नवीन) र समुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जय गिरी (जनक)लाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको कांग्रेसको ठहर छ।
कांग्रेस कैलालीका सचिव पूर्ण कुँवरले शुक्रबारर विज्ञप्ति जारी गर्दै सत्ताको छत्र छाया पाएका केही स्थानीय र वन प्रशासनको मिलिमतोमा राजनीतिक प्रतिशोधका कारण उनीहरुलाई पक्राउ गरेको बताए।
कांग्रेस भएकै कारण फसाउन खोजिएको भन्दै तत्काल पक्राउ गरेकालाई छाड्न र सत्यतथ्यको छानबिनको माग गर्नसमेत अनुरोध गरिएको छ।
उनीहरूकाे रिहाइ नगरे नेपाली कांग्रेस कैलाली कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।