भक्तपुर– स्कुल छुटेर घर फर्कँदै गरेकी एक विद्यार्थीको आफैं सवार स्कुल बसले ठक्कर दिँदा मृत्यु भएको छ।
भक्तपुर नगरपालिका कमलविनायकस्थित रोम्बस इङ्लिस स्कुलमा कक्षा १ मा अध्ययनरत चाँगुनारायण नगरपालिका–८ रानीबारी सुडालकी सात वर्षीया प्रतिष्ठा खत्रीको उपचारको क्रममा शुक्रबार मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।
अपरान्ह ४ः३० बजे विद्यार्थी पुर्याउन गएको बा १ क ७२८५ नम्बरको बसले सोही स्कुल बसमा सवार बालिका बसबाट झरेर बाटो काट्ने क्रममा ठक्कर दिएको थियो।
घाइते विद्यार्थीको उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
बस र चालक भक्तपुर नगरपालिका–८ लिवाली बस्ने ३७ वर्षीय दिपक लाखेमरुलाई नियन्त्रणमा लिइ महानगरीय प्रहरी वृत्त जगातीमा राखेर अनुसन्धान भइरहेको प्रनाउ पोखरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।