जनकपुर– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पत्रपत्रिका वर्गिकरणमा हुँदै आएको भेदभाव हटाउन प्रदेश स्तरीय प्रेस काउन्सिल गठन गर्ने तयारी भइरहेको बताएका छन्।
प्रेस काउन्सिल नेपालले जनकपुरमा आयोजना गरेको ‘आचार संहिता प्रशिक्षक प्रशिक्षण तालिम’ उद्घाटनमा बोल्दै मुख्यमन्त्री राउतले मधेशका पत्रकार र पत्रपत्रिकामाथि विभेद हुँदै आएको बताए।
प्रदेश सरकार सबै खाले विभेद अन्त्यको कदम चाल्न तयार रहेको उनले बताए। पत्रकारहरूको क्षमता विकासको लागि प्रदेश सरकारले यसैवर्ष आम सञ्चार प्रतिष्ठान समेत गठन गर्न लागेको राउतले जानकारी दिए।
राउतले पत्रकारहरुलाई सत्य र निष्पक्ष भएर कलम चलाउन तथा प्रदेशलाई समृद्धिको बाटोमा डोहोर्याउन आग्रह गरे।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, प्रदेश अध्यक्ष दिपेन्द्र चौहान, प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठ सहितको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।