काठमाडाै– भूतपूर्व गोर्खा सैनिकहरूले आफूहरु नेपाली नै भएकाले आफूहरुको पनि राजनीतिक अधिकारको प्रत्याभूति हुनुपर्नेमा माग गरेका छन्।
प्रतिनिधिसभा अन्तर्गतकाे राज्य व्यवस्था समितिको शुक्रबारको बैठकमा गोर्खा भूतपूर्व सैनिक संघ गेसोका अध्यक्ष कृष्ण कुमार राईले आफहरू कामका लागि मात्रै बेलायत बसेको भन्दै नेपाली नागरिकको हैसियतले राजनीतिक अधिकारको प्रत्याभूति गरिनुपर्ने बताएका हुन्।
'नेपाली नागरिकता ऐन २०६३' लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल चलिरहेका बेला गोर्खा सैनिकहरूले आफूहरुलाई सामाजिक, धार्मिक लगायत राजनीतिक अधिकारबाट वञ्चित गर्न नमिल्ने धारणा राखेका हुन्।
बेलायतमा कामका लागि मात्रै बसेको भन्दै उनीहरुले काम गर्नका लागि मात्रै त्यहाँबाट पाएको अनुमतिआज्ञालाई आधार बनाएर आम नेपालीले पाउने अधिकारबाट वञ्चित गर्न नमिलने तर्क गरे।
समिति सदस्यहरूले भने नेपाली नागरिकता नत्याएकाहरुको सवालमा सबै अधिकार प्राप्त हुने भएकाले गेसोको हक अधिकारको बारेमा मात्रै छलफल गरिरहनु नपर्ने तर्क गरे।
उनीहरुले दोहोरो अधिकार खोज्न नहुने भन्दै नेपालमा राजनीतिक अधिकार खोज्ने भए बेलायतको नागरिकता त्याग्न आग्रह गरे।
नेपालको संविधानले गैर आवासीय नेपालीका हकमा नेपालको राजनीतिक अधिकार बाहेकका अधिकारको प्रत्याभूति गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।