विराटनगर– सुनसरीको इटहरीमा घाँटीमा बिस्कुट अड्किएर एक बालिकाको मृत्यु भएको छ।
इटहरी उपमहानगरपालिका ४ का सञ्जीव चौलागाईंकी ६ वर्षिया छोरी श्रुतीको घाँटीमा बिस्कुट अड्किएर मृत्यु भएको हो।
बिहीबार साँझ करिब ८ बजे बिस्कुट अड्किएपछि उपचारका लागि स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।