काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले सुधार गृहबाट २१ व्यक्तिको उद्धार गरेको छ।
काठमाडौं महानगरपालिका–४ सुकेधारामा सञ्चालित ट्रान्सफरमेशन नेपालको सुधार गृहबाट उनीहरुलाई उद्धार गरेको हो।
सुधार गृहमा रहेकालाई चरम यातना दिएको आरोपमा परिसरका टोलीले त्यसका सञ्चालक सन्तोष घिमिरे र कर्मचारी समित मल्ललाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको परिसरले जानकारी दिएको छ।
परिसरका प्रमुख वसन्त लामाले मदिरा र लागुऔषध दुुर्व्यसनमा फसेका व्यक्तिलाई राख्नका लागि खोलिएको सुधार गृहमा सुधार गर्नुुभन्दा पनि यातना दिएपछि सञ्चालकलाई पक्राउ गरी त्यहाँ राखिएका व्यक्तिलाई उद्दार गरिएको जानकारी दिए।
'सुधारगृहमा रहेका ३४ व्यक्तिमध्ये १३ जना भागेर प्रहरीको शरणमा आएर आफूले सुधार गृहमा भोग्नुुपरेका समस्या राखेपछि र उनीहरुको परिवारले सञ्चालकलाई कारबाही र सुुधार गृहमा रहेकालाई उद्धार गरी पाउँ भन्ने निवेदनका आधारमा बाँकी २१ जनालाई बिहीबार उद्धार गरेका हौँ,' उनले भने, 'उद्धार गरेका सबैलाई परिवारको जिम्मामा समेत लगाइसकिएको छ।'
प्रतिव्यक्ति मासिक ३५ हजारका दरले एक वर्षको एकैपटक पैसा लिने र अभिभावकलाई भेट्न नदिई विभिन्न किसिमको शारिरीक तथा मानसिक यातना दिने गरेको अनुुसन्धानबाट खुलेको छ।
प्रमुुख लामाले भने, 'अभिभावक गम्भीर नबनेका कारण यस्तो घटना घटेको हो।'
पाँच वर्ष पहिला कपनमा सञ्चालमा रहेका उक्त सुधारगृह दुुई वर्षदेखि सुुकेधारामा सञ्चालित छन्।
पक्राउ परेका सञ्चालकलाई अपराध संहिता ऐनको १६८ दफाअनुुसार कारबाही गरिने परिसरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।