एजेन्सी - जापानको दक्षिणी भूभागमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको जियोलजिकल सर्भे (युएसजिएस)ले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु क्युसु टापुको ६ सय ८२ किलोमिटर (४ सय २४ माइल) टाढा पृथ्वीको सतहभन्दा १० किलोमिटर (६.२ माइल) मात्र मुनि रहेको युएसजिएसले जानकारी दिएको छ । तर भूकम्पमा धनजनको क्षति भए नभएकोबारे कुनै जानकारी आएको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।