काठमाडौं– तराईका अधिकांश जिल्लामा चिसो बढेसँगै सितलहरले जनजीवन अस्तव्यस्त बन्ने गरेको छ। यो समस्यामा केन्द्रित बनेर हाल अञ्जु पन्त फाउन्डेसन न्यानो कपडा वितरणमा जुटेको छ।
गायिका अञ्जु पन्तको अध्यक्ष्यतामा स्थापना भएको सस्थाले वीरगञ्ज, पर्सा, सर्लाही, मकवानपुर लगायतका स्थानमा न्यानो कपडासहित बालबालिकालाई अध्ययन सामग्री वितरण गरिरहेको फाउन्डेसनकी अध्यक्ष तथा गायिक पन्तले नेपाललाइभलाई जानकारी गराइन्।
उनका अनुसार संस्थाले बुधबार पर्सा जिल्लाको सखुवा पर्सौनी गाँउपालिस्थित बेलुवा गाँउमा ५० परिवारलाई न्यानो सिरक वितरण गरेको छ। चमार जातिको बाहुल्यता भएको उक्त गाँउमा गरिबीका कारण जाडोमा पनि न्यानो कपडा किन्न नसकी रातभरि आगो तापेर बस्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न संस्थाले सहयोग गरेको पन्तको भनाइ छ।
यसै साता संस्थाले आइतबार वीरगन्ज करागार समता स्कुलका सय बालबालिका, मकवानपुर खैराङका सय चेपाङ बालबालिका र सर्लाही बयलबासीका ५५ बालबालिकालाई विद्यालय समग्री वितरण गरेको छ।
त्यसैगरी गत सोमबार पर्सा जिल्लाको महुवन रामनगरिया अपांग आश्रमका २० अपांगलाई न्यानो कपडा (सिरक, व्ल्याङ्केट) लगायतका सामाग्री वितरण गरिएको पन्तले जानकारी दिइन्। उनले भनिन्, ‘मलाई गाउँमा जान र त्यहाँ रमाउन खुब मन पर्छ, त्यसैले मौका पाउना साथ गाँउतिर जाने गरेकी छु। यसपटक प्रेमपूर्वक सहयोग कार्यक्रम लिएर गाउँबस्तीमा आएकी हुँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।