ad

इन्जिनियर्स एसोसिएसनको चुनावमा प्रगतिशिल समूहको प्यानल घोषणा 

नेपाल लाइभ

Nepal Live

काठमाडौं– नेपाल इन्जिनियर्स एसोसिएसनको यही २८ गते हुने निर्वाचनको लागि प्रगतिशील समूहले आफ्नो प्यानल सार्वजनिक गरेको छ। उक्त समूहले १८ जना केन्द्रीय कार्यसमितिका लागि उम्मेदवार तोकेको हो। 

आसन्न निर्वाचनका लागि दुई प्यानल चुनावी मैदानमा उत्रेका छन्। जसमा प्रगतिशिल समूहको नेतृत्व इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका डिन प्राध्यापक डा त्रिरत्न बज्राचार्यले गरेका छन्।

उक्त प्यानलबाट उपाध्यक्षमा आशिष घिमिरे, महासचिवमा छविराज पोख्रेल, उपमहासचिवमा कपिल आचार्य, कोषाध्यक्षमा राम एकवाल यादव र सह–कोषाध्यक्षमा चाँदमाला श्रेष्ठ छन्। त्यस्तै, सदस्यहरूमा प्रकाश सापकोटा, छविलाल अधिकारी, शिव चापागाईं, दिलिप कुमार विश्वकर्मा, टेकबहादुर कटुवाल, दिपेन्द्र जम्मरकट्टेल, ज्ञानेन्द्रप्रसाद कलौनी, गजेन्द्र कुमार झा, चक्र चुनाणि भट्ट, रोशन भट्टराई, अनिस नेपाल र सुगन्ध सुवेदीको उम्मेदवारी दर्ता भएको छ।

उक्त समूहले आम इन्जिनियरको हक र हितको संरक्षण, गुणस्तरीय इन्जिनिएरिङ शिक्षा, नीतिगत सुधार लगायतका प्रतिवद्धता सार्वजनिक गरेको छ। 

१७ हजार मतदाता रहेको उक्त एसोसिएसनमा निर्वाचनबाट १८ सदस्य केन्द्रीय समितिमा प्रत्यक्ष निवार्चित हुनेछन् भने सात प्रदेशबाट सात जना निर्वाचित हुनेछन्।

एसोसियसनको यो ३२औं निर्वाचन हो।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने