• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बुद्धिजीवीप्रति ओलीको निरन्तर आक्रोश : मुसाको संज्ञादेखि थला पार्ने चेतावनीसम्म

\'सो कल्ड\' बुद्धिजीवी अरुले खुवाइदिएको ट्याब्लेटले बोल्ने हुन्\'
64x64
किशोर दहाल बिहीबार, मंसिर २०, २०७५  १३:३८
1140x725

काठमाडौं– अहिले तातो बहसको विषय बनेको छ– विकास र समृद्धि। त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बाहकको रुपमा प्रस्तुत गर्न थालेको पनि धेरै भयो। तर, उनले सोचेको वा बुझेको विषयमा अन्यले प्रश्न उठाउनेबित्तिकै क्षुब्ध हुने गरेका छन्। सामान्यदेखि विशिष्ट कार्यक्रममा समेत व्यक्ति-व्यक्तिको प्रश्न र आलोचनाको टिप्पणी गर्छन्। आफ्नो जवाफ फर्काउँछन्। त्यसका लागि उनी उखान, टुक्का, चुट्किला तथा छोटा कथाहरुको समेत सहायता लिन्छन्।

संसारका अन्य देशमा प्रधानमन्त्रीले सायदै बुद्धिजीवीहरुलाई सिधासिधा चेतावनी दिन्छन्। तर, नेपालमा यो सम्भव छ। 

यहाँका प्रधानमन्त्री नै भन्न सक्छन्, 'म जवाफ दिएर थला पार्न चाहन्नँ।'

पत्रपत्रिकामा लेखहरु लेख्ने, पुस्तक लेख्ने वा अन्य किसिमले विचार-विमर्श गर्नेहरुलाई प्रधानमन्त्रीले मन पराउँदैनन् भन्ने निष्कर्ष उनका अभिव्यक्तिबाट निकाल्न सकिन्छ। वा, आफ्नो प्रशंसा गर्नेहरु मात्रै सही अर्थमा बुद्धिजीवी हुने भन्ने धारणाले ग्रस्त देखिन्छन् उनी। त्यसैले नै आलोचना गर्ने बुद्धिजीवीहरुप्रति उनी नकारात्मक सुनिन्छन्।

ओलीको सबल पक्ष के छ भने उनी पत्रिकामा प्रकाशित समाचार, लेख तथा सडकका भाषण गरिएका विषयमा समेत अपडेट भइरहेका हुन्छन्। यो कुरा उनले गर्ने प्रतिवादबाट पनि पुष्टि हुन्छ। तर, अरुले भनिरहेका कुरामा उनी सहिष्णु भने विरलै हुने गरेका छन्।

उनी बुद्धिजीवीलाई कहिले 'फर्सी/फर सी' सँग तुलना गर्छन् भने, कहिले मुसासँग। कहिले 'कठैबरी, माया लाग्छ' भन्ने जस्ता व्यंग्य पनि प्रयोग गर्छन्। सरकारबाहिर कुनै अमूक दलको अध्यक्षको हैसियतले मात्रै होइन, प्रधानमन्त्री भइसकेको अवस्थामा पनि उनको पूर्वाग्रह जारी नै छ। 

बुधबार मात्रै 'जनतासँग प्रधानमन्त्री' कार्यक्रमको १९औं शृंखलामा उनले बुद्धिजीवीप्रति तितो पोखे।

पहिलोपटक प्रधानमन्त्री हुँदा उनले बुद्धिजीवीले आफूलाई हैरान बनाएको सार्वजनिक रुपमै भनेका थिए। २०७३ जेठ ६ गते राजधानीमा आयोजित प्रेस चौतारी नेपालको महाधिवेशन उद्‌घाटन समारोहमा सम्बोधन गर्दै ओलीले आफ्ना कुराले बुद्धिजीवीहरु छटपटाएको बताएका थिए। त्यतिबेला उनी प्रधानमन्त्री नै थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

भनेका थिए, 'बुद्धिजीवीहरु भन्नाले इनभर्टेड कमावाला बुद्धिजिवी। उनीहरुलाई घोडाले जोर लात्ती हानेजस्तो भएको छ।

त्यसपछि पनि उनले बुद्धिजीवीको आलोचना गर्न छाडेका छैनन्।

केही भाषणमा उनले प्रयोग गरेको बुद्धिजीवीको प्रसंगलाई नेपाल लाइभले सम्झिने प्रयास गरेको छ:

सन्दर्भ एक 
प्रत्येक बुधबार नेपाल टेलिभिजनबाट प्रसारण हुने 'जनतासँग प्रधानमन्त्री' कार्यक्रममा प्रधानमन्त्री ओली देशमा केके गर्नुपर्नेछ भन्ने सूची बताइरहेका थिए। जस्तो कि, कानुन बनाउनुपर्नेछ, खानेपानी र बाटा बनाउनुपर्नेछ,  स्कुल बनाउनुपर्नेछ, कृषिलाई आधुनिकीकरणमा लैजानुपर्नेछ। उनले धेरै वटा सूची बताइसकेपछि सरकार त्यसमा तीव्रताका साथ अघि बढिरहेको बताए। उनले सरकारको काम देखेर केहीमा छटपटी बढेको भन्दै मिलेर देश बनाउन आग्रह गरे। सुशासनको बाटोमा अघि बढ्नुपर्ने बताउँदै उनले हाम्रा आनीबानीमा परिवर्तन गर्नुपर्ने बताए। 

त्यसपछि भने उनी बुद्धिजीवीप्रति खनिए—

'कुनैकुनै बुद्धिजीवीहरुका टिप्पणी अत्यन्त असभ्य र तल्लो स्तरका देख्छु। त्यस्ता बुद्धिजीवीहरुलाई एकपल्ट मसँग सञ्चारमाध्यममा आउनुभन्दा अगाडि, किनकि मैले जवाफ दिँदा उहाँहरु थला पर्ने सम्भावना हुन्छ। त्यसकारण म थला पार्न चाहन्न।

उहाँहरुलाई म जान्दछु। त्यसकारण मसँग उहाँहरुले एकपटक वादविवाद गर्न अथवा मसँग सत्यहरुको सम्बन्धमा बहस गर्न इच्छा गर्नुभएको हो कि होइन म सोध्न पनि चाहन्छु। उहाँहरुका असलियतहरु जस्ता असभ्य ढंगले उहाँहरु बोल्नुभएको छ। त्यसमा अलिकति असलियत बाहिर आउँदा उहाँहरुको के हुन्छ, त्यो अलिक विचार गरे हुने हो।

अब मलाई कतिमात्रै भन्न मन छ भने सरकारकै भत्ता खाने, पेन्सन खाने, सुविधा लिने अनि जथाभावी गैरजिम्मेवार ढंगले बोल्ने प्रवृत्ति एउटा। गोपनीयताहरुको वास्ता नगर्ने प्रवृत्ति अर्को। र, अत्यन्त अनुत्तरदायी र झुटो प्रचारहरु गर्ने अर्को।

मैले देखेको छु, यस्तो भएको हुनाले त्यो त किनेको जस्तो, पारिश्रमिक जस्तो, यस्तो गरेर, यस्तो भएको भनेर अन्त्यन्तै अपमानजनक ढंगले, म उहाँहरुलाई जवाफ दिइहाल्न चाहन्नँ। उहाँहरुलाई म सोधीचाहिँ राख्न चहान्छु– जवाफ दिऊँ? 

सन्दर्भ दुई
गत साउन ७ गते काठमाडौंको सभागृहमा आयोजित पुष्पलालको ४० औं स्मृतिसभामा प्रधानमन्त्री ओलीले पनि सम्बोधन गरेका थिए। झन्डै ७० मिनेट बोलेका उनले धेरैजसो समय कांग्रेस, डा केसी र उनका समर्थकलाई गाली गर्न भ्याए। त्यही घानमा परे बुद्धिजीवीहरु। उनले दुई प्रसंगमा बुद्धिजीवीको आलोचना गरे। 

'केहीकेही विद्वान बुद्धिजीवीहरु देखेर फेरि पनि माया लाग्छ मलाई। कठैबरी! घरपरिवारले तिनका लेखहरु पढेर कति जिस्काउँदा हुन्। कति धिक्कार्दा हुन्? माया पनि लाग्छ तिनको मलाई। तिनको बाध्यता के हो सधैं नराम्रै कुरा लेख्नुपर्ने? अचम्म लाग्छ।

बुद्धिजीवीले दाँतमा धारै लगाउनको निम्ति देशलाई नोक्सान पार्नेगरी किन धार लगाउने? रारा ताललाई महेन्द्रताल भन्दिएको छ। महेन्द्र जन्मिनुभन्दा लाखौं करोडौं वर्षअघि रारा ताल थियो। कठैबरी!

म बहसका लागि उहाँहरुलाई आग्रह गर्न त सक्दिनँ। किन सक्दिनँ भने उहाँहरु धेरै विद्वान हुनुहुन्छ। उहाँहरुले धेरै ठाउँमा आफ्नो विद्वताको बखान पनि गर्नुभएको छ। अहिले मैले भनेका कुराहरुलाई उहाँहरुले उखान टुक्का भन्नुहुन्छ।

यत्रायत्रा विद्वानलाई मैले कसरी बोलाउनु? आमन्त्रण गरौं बहसका लागि? तर यदि उहाँहरु इच्छा गर्नुहुन्छ भने बहसका लागि आउनुभए हुन्छ। हामी बहसका लागि तयार छौं।

केही महान बुद्धिजीवी देखेर अचम्म लाग्छ। कठैबरी! यतिसाह्रो विवेक कहाँ लगेर कतिमा बन्धक राखेको? कसरी बन्धक हुन्छ, यति साह्रो विवेक? सही कुरा त अलिकति गर्न सक्नुपर्‍यो नि!'

सन्दर्भ तीन
२०७५ बैसाख १० गते तत्कालीन एमालेको पार्टी कार्यालय धुम्बाराहीमा पार्टी प्रवेश कार्यक्रम आयोजना भएको थियो। कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुद्धिजीवीको आलोचना गर्न भ्याए। त्यहाँ उनले बुद्धिजीवीलाई मुसासँग तुलना गरे। 

उनले भनेका थिए—

'जो लेखेर जीविका चलाइरहेका छन्, त्यो राम्रो हो। तर, कतिपयले लेखेको देखेर मलाई नमज्जा लाग्छ। मुसाले दाँतमा धार लगाइराखेन, केही काटिरहेन भने त्यसको दाँत लामो हुन्छ। त्यसले चाहिएको बेला केही काम गर्दैन। त्यो बांगिएर काम नलाग्ने हुन्छ। त्यसैले मुसाले दाँतमा धार लगाउन, छोट्याउन, तेजिलो बनाइराख्नका लागि काटिरहनुपर्ने हुन्छ।

त्यसले तपाईंको घरको कपडा काट्छ। तर, नोक्सान गर्न भनेर काटेको होइन। बिचरा उसले आफ्नो दाँतमा धार लगाउँछ। थाङ्ना कपडा काटिदिए हुन्थ्यो नि, माइती जानेको साडी काटिदिन्छ, ससुराली जानेको सुट काटिदिन्छ। त्यसले बुझ्दैन किनकि त्यो मुसा हो।

तर, बुद्धिजीवीले दाँतमा धारै लगाउनको निम्ति देशलाई नोक्सान पार्नेगरी किन धार लगाउने? रारा ताललाई महेन्द्रताल भन्दिएको छ। महेन्द्र जन्मिनुभन्दा लाखौं करोडौं वर्षअघि रारा ताल थियो। कठैबरी!

विकासको कुरा गर्ने केपी ओलीले? विकासको कुरा त महेन्द्रले पनि गरेका थिए। यो महेन्द्रपथमा गएकै हो। अचम्म लाग्छ। खालि सहानुभूति राख्न सकिन्छ त्यस्ता बुद्धिजीवीलाई।

बिचराहरु! ती बुद्धिजीवीहरु देखेर माया लाग्छ। त्यसैकारण मैले भनेको हो, बुद्धिजीवी बिग्रियो भने 'श्रीमान् गम्भीर' लेख्न थाल्छ। त्यही बुद्धिजीवी सप्रियो भने 'यो नेपाली शिर उचाली' भनेर लेख्न थाल्छ।

बाबुआमाले कस्ता राम्राराम्रा तर्क गर्ने, राम्रोराम्रो विश्लेषण गर्ने, कस्तो विद्वान बनाऊँला भनेर कलेज र विश्वविद्यालयमा छोरो पठाए। छोरो त विकास भनेको महेन्द्रीय विकास पो हुन्छ, विकास भनेको महेन्द्रपथ भयो पो भन्छ। सर्टिफिकेट लिएको छ विश्वविद्यालयको तर भन्छ त्यसो। अब बाआमा पनि छक्क पर्ने भएनन्। हेर खर्चको नाश!'

सन्दर्भ चार
तत्कालीन नेकपा एमालेले २०७३ फागुन २१ देखि 'मेची–महाकाली राष्ट्रिय अभियान' सुरु गरेको थियो। तर, अभियानकै क्रममा फागुन २३ मै सप्तरीको मलेठ घटना भयो। मधेस विद्रोही मनोदिशामा रहेको बेला एमालेले त्यसरी कार्यक्रम गरेर मधेसलाई झनै उत्तेजित बनायो भनेर आलोचना भयो। त्यसरी आलोचना गर्ने बुद्धिजीवीलाई ओलीले आलोचना गरे। सोही अभियानपछि चैत ९ गते काठमाडौं आयोजित धन्यवाद कार्यक्रममा ओलीले बुद्धिजीवीलाई आलोचना गरे। 

'हामी २ नम्बर प्रदेशमा अभियान चलाउँछौं। अझ प्रभावकारी ढंगले सञ्चालन गर्छौं। एमालेको अभियानलाई पस्न दिन्नौं भन्ने अराजनीतिक, अलोकतान्त्रिक अपराधिक जुन प्रवृत्ति छ, लोकतन्त्रमा त्यो प्रवृत्ति मान्य र स्वीकार्य हुन सक्दैन। केही 'सो कल्ड' बुदधिजीवीहरु, अरुले खुवाइदिएको ट्याब्लेटले बोलेका कुरा हुन्, तिनीहरु भन्ने गर्छन्– 'नजाऊ भनेपछि किन जाने?'

बिचराहरु! ती बुद्धिजीवीहरु देखेर माया लाग्छ। त्यसैकारण मैले भनेको हो, बुद्धिजीवी बिग्रियो भने 'श्रीमान् गम्भीर' लेख्न थाल्छ। त्यही बुद्धिजीवी सप्रियो भने 'यो नेपाली शिर उचाली' भनेर लेख्न थाल्छ। हेर्दाखेरी कोहीकोही बुद्धिजीवी 'फर सी' मात्रै छन्।

एउटा अमेरिकनले यहाँ रत्नपार्कमा ठूलो फर्सी देखेछ। अनि किन्न खोजेछ। के हो यो भनेपछि अब पम्पकिन भन्ने त बेच्ने मान्छेलाई थाहा थिएन; फर्सी भन्यो। उसले भन्यो– ए 'फर सी'।

उसले लिएर गयो। हावासावा नआउनेगरी जतनसँग सिसाको फ्रेममा राखेछ। अलि पछि बाहिरैसम्म गन्ध आउन थाल्यो। के हुन थाल्यो भनेर यसो छोइहेरेको भित्रभित्र खत्तमै भइसकेछ। अनि उसले बुझेछ, ए! मलाई भन्न त भनेको थियो (फर सी), मैले छोएँ। छोएपछि प्वाल पर्‍यो। प्वाल परेपछि खत्तम हुँदो रहेछ। त्यसकारण उसले फर सी (हेर्नका लागि) भनेको रहेछ भन्ने सोचेछ।

नेपालमा पनि 'फर सी' बुद्धिजीवीहरु छन्। फर सी बुद्धिजिवीहरु चलाउनुको काम छैन, छाड्दिनुहोस्।

ती बुद्धजिवीहरु कहिले स्वस्तीश्री गिरिराज चक्र चूणामणि लेख्छन्, कहिले श्रीमान् गम्भीर नेपाली लेख्छन्। त्यो मजदुर किसानले लेखेको होइन है। त्यो बुद्धिजिवीले लेखेको हो, तपाईंहरुले याद गर्नुस् है। स्वस्तीश्री गिरिराज चक्र चूडामणी नरनाराणात्य विविध विरुदावली… तपाईँहरुले बुझ्नुभो यो के भनेको? सबै पढेलेखेकै हुनुहुन्छ यहाँ तर, बुझ्नुभएन। भनेपछि, यो सानोतिनो बुद्धिजिवीले लेखेको होइन।'
 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  १३:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्