पर्ल (एजेन्सी)– एबी डीभिलयर्स एकदिवसीय क्रिकेटमा २ सय छक्का पुरा गर्ने व्याटसम्यान बन्न पुगेका छन्। बंगलादेशविरुद्ध बुधबार भएको खेलमा उनले ७ छक्का प्रहार गरेका थिए।
एकदिवसीयमा आफ्नो करिअरकै उच्च योगफल १ सय ७६ रन बनाएका डीभिलियर्सले २ सय १ छक्का प्रहार गरेका छन्।
यसअघि एकदिवसीयमा २ सय छक्का प्रहार गर्नेमा पाकिस्तानका साहिद अफ्रिदी २ सय ५१, श्रीलंकाका सनथ जयसूर्या २ सय ७०, वेष्ट इन्डिजका क्रिस गेल २ सय ५२ र भारतका महेन्द्रसिंह धोनी २ सय १३ रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।