पर्ल (एजेन्सी)– एबी डीभिलियर्सको बिस्फोटक सतकको सहयोगले बंगलादेशमाथि दक्षिण अफ्रिकाले शृंखला कब्जा गरेको छ। बुधबार डीभिलियर्सले करिअरकै उच्च १ सय ७६ रन बनाएपछि अफ्रिकाले तीन एकदिवसीय शृंखलामा २–० को अग्रता बनाएको हो।
डीभिलियर्सले १ सय ४ बलमा ७ छक्का र १५ चौकाको सहयोगले १ सय ७६ रन बनाएका थिए। उनले ६८ बलमा १ छक्का र १० चौकाको सहयोगले सतक पुरा गरिसकेका थिए। अफ्रिकाले पहिलो ब्याटिङ गर्ने क्रममा ६ विकेटको क्षतिमा ३ सय ५३ रनको विशाल योगफल तयार पारेको थियो।
प्रत्युत्तरमा बंगलादेश ४७ दशमलव ५ ओभरमा २सय ४९ रन बनाएर खुम्चियो। खेल अफ्रिकाले १ सय ४ रनले जित्यो। अफ्रिकाका लागि एन्डिले फेहलुकवायोले ४, इमरान ताहिरले ३ र ड्वेन प्रिटोरियसले २ विकेट लिए।
डीभिलियर्सबाहेक अफ्रिकाका लागि हासिम अमलाले ८५, डी कोकले ४६ र जेपी डुमिनीले ३० रन बनाएका थिए।
बंगलादेशका लागि इमरुल कायेसले ६८, मुसफिकुर रहीमले ६० रन बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।