भैरहवा– प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको गरिबीलाई १० प्रतिशतभन्दा तल झार्ने दावी गरेका छन्।
भैरहवामा मंगलबारदेखि सुरु भएको प्रदेशस्तरीय प्रशंसनीय खोज सम्मेलनमा बोल्दै मुख्य मन्त्री पोखरेलले २९ प्रतिशतको हाराहारीमा रहेको गरिबीको दरलाई १० प्रतिशतभन्दा तल झार्ने लक्ष्यअनुसार काम गरिरहेको बताए।
प्रदेश नं ५ को समृद्धिको आधार नै कृषि र पर्यटन रहेकोले यहाँका आम जनतालाई आधुनिक कृषि उत्पादन गर्न तथा पर्यटन प्रबद्र्धन गर्न प्रदेशले भूमिका खेल्ने बताए।
केही गर्ने योजना रहेका तर सम्पत्ति नभएका युवालाई स्वरोजगार बनाउन प्रदेश सरकारले जग्गा लिजमा दिएर सहयोग गर्ने पनि मुख्यमन्त्री पोखरेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।