एजेन्सी– दुई दिनअघि मात्र विवाह गरेका बलिउड सुन्दरी प्रियंका चोपडा र अमेरिकी गायक निक जोनासको विवाहका दुई तस्बिर सार्वजनिक भएका छन्।
उनीहरुले १ डिसेम्बरमा इसाई रीति–रिवाज अनुसार र २ डिसेम्बरमा हिन्दू परम्पराअनुसार विवाह गरेका थिए। यो विवाहलाई भारतीय सञ्चारमाध्यमहरुले सानदान विवाह भनेका छन्।
विवाहपश्चात निकले भने, 'म विवाहमा दिएको वचनप्रति प्रतिवद्ध रहने छु। आजीवन प्रियंकाको ध्यान राख्नेछु। उनलाई खुसी राख्नेछु।' पति निकको भनाइ सुनेर प्रियंका भावुक बनेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।