कैलाली– सात नम्बर प्रदेशको मुख्य मन्त्री बन्न एमाले नेता कर्ण बहादुर थापा प्रदेश सभाको समानुपातिकमा बसेका छन्।
२०७० सालमा सम्पन्न संविधानसभाको चुनावमा बाजुराबाट प्रत्यक्षमा जितेका उनलाई पार्टीको नेतृत्व तहले मुख्य मन्त्रीका रुपमा अघि सार्ने संकेत गरेपछि प्रदेश सभामा बसेका हुन्।
वाम गठबन्धनबाट पनि प्रदेश ७ को मुख्य मन्त्रीमा कर्ण बहादुर थापाको सम्भावना बलियो देखिएको छ। मुख्य मन्त्रीका स्वभाविक दाबेदार एमाले उपाध्यक्ष भीम रावल प्रतिनिधी सभाका लागि सिफारिस भएका छन्। यसैगरी माओवादी केन्द्रका त्यो क्षेत्रका दुई प्रभावशाली नेता खगराज भट्ट र लेखराज भट्ट प्रतिनीधि सभाका लागि सिफारिस भएका छन्।
थापा एमालेको सात नम्बर प्रदेश सह–संयोजक पनि हुन्। वाम गठबन्धन हुँदा पनि सात नम्बर प्रदेशको मुख्य मन्त्री एमालेले नै पाउने सम्भावना छ।
यो प्रदेशमा माओवादी केन्द्रलाई कमजोर ठानिन्छ। केन्द्रले २०७० सालको निर्वाचनमा कुनै निर्वाचन क्षेत्र पनि जितेको छैन। उक्त समय काँग्रेसले धेरै ठाउँ जिते पनि स्थानीय निर्वाचनमा भने एमाले पहिलो भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।