काठमाडौं– नबिल बैंकले लगानीकर्तालाई ३४ प्रतिशत लाभांश दिने भएको छ। बैंकको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
बैंकले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट लगानीकर्तालाई उक्त लाभांश दिने घोषणा गरेको हो। बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्ताले पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।