काठमाडौं– फिल्म ‘समर लभ’को शीर्ष गीत ‘साया’ सार्वजनिक भएको छ।
फिल्मको उक्त गीत सोमबार युट्युबमार्फत सार्वजनिक भएको हो। गायक पुष्पन प्रधानको शब्द संगीत रहेको गीतमा पुष्पन प्रधान र बनिका प्रधानको स्वर सुन्न सकिन्छ।
सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारहरु अशिष पिया र रेवती क्षेत्रीको अभिनय रहेको छ।
मुस्कान ढकालको निर्देशन रहको फिल्म आउदो माघ २५ बाट प्रदर्शनमा आउने छ।
लेखक सुविन भट्टराईद्धारा लिखित उपन्यास ‘समर लभ’को चित्रकथा ‘समर लभ’मा सामीप्यराज तिमल्सिनाको पटकथा तथा लेखक भट्टराई र तिमल्सिनाको संवाद छ।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।