लन्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगअन्तर्गत समूह ‘ए’ तर्फको खेलमा पोर्चुगिज क्लब बेनिफिकालाई १–० ले पराजित गरेको छ। १८ वर्ष ५२ दिनको युवा अवस्थामा डेव्यु गरेका बेनिफिकाका गोलकिपर बेल्जियन स्भिलरका लागि बुधबार रातीको खेल बिर्सनलायक बन्यो, जब उनी ६४ मिनेटमा ३५ यार्ड टाढाबाट मार्कुस रसफोर्डले हानेको फ्रिकिकलाई सम्हाल्न सकेनन्।
यही नतिजाका कारण म्यानचेस्टरले ३ खेलमा सतप्रतिशत नतिजा निकालेको छ। बेनिफिकाले कुनै अंक जोड्न सकेन्। लुइसाओ निर्धारित ९० पछि थप गरिएको अतिरिक्त समयको दोस्रो मिनेटमा दोहोरो पहेँलो कार्ड खाएर मैदान बाहिरिन बाध्य भए।
यही समूहको अर्को खेलमा बासेलले ०–२ गोलले सिएसके मस्कोलाई पराजित गर्यो। बासेल ३ मा २ खेल जित्दै ६ अंकका साथ दोस्रो स्थानमा रहयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।