काठमाडौं- चैत १ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘जानी नजानी’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ।
पोस्टरमा फिल्मका मुख्य कलाकार मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठ फिचर्ड छन्। पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतकी छोरी निरिशा यसै फिल्ममार्फत डेब्यु गर्दैछिन्।

फिल्ममा प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय देख्न सकिन्छ।
आधुनिक प्रेम कथासँगै युवा स्वरोजगार केन्द्रित कथावस्तु रहेको फिल्मको कथा, पटकथा र संवाद सामीप्यराज तिमिल्सिनाले लेखेका हुन्। बसन्त अधिकारीले फिल्मको निर्देशन गरेका छन्। उनको यो डेव्यु निर्देशन हो।
सञ्जय लामाको छायांकन तथा अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।