• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

समावेशिताका आधारमा पदाधिकारी बढ्न सक्छ : संस्थापन पक्ष 

जिल्ला सभापति र कोषाध्यक्षहरूको बढ्यो सक्रियता 
64x64
नेपाल लाइभ आइतबार, मंसिर १६, २०७५  १७:५७
1140x725

काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक, जिल्ला सभापतिहरूको भेला र कोषाध्यक्षहरुको राष्ट्रिय भेलाबाट नेपाली कांग्रेसको विधानमा पदाधिकारी संख्या बढाउन दबाब बढेको छ। 

विधान संसोधनका लागि गठित समितिका प्रारम्भिक बैठकमा पार्टी संस्थापन पक्षका सदस्यहरू पदाधिकारीको संख्या बढाउन सहमत भएका थिए। समितिका सदस्यहरूबीच पदाधिकारी चयनको प्रक्रियामा विवाद भएपछि संस्थापन पक्षले विद्यमान प्रावधानलाई नै कायम राख्ने अडानमा रह्यो। इतर समूहले निर्वाचित हुने पदाधिकारी संख्या बढाउने प्रस्ताव राखेको थियो।

प्रस्तावित विधानको मूल विधानमा संस्थापन पक्षकै प्रस्ताव पेश गरिएको छ। उक्त प्रस्तावमा सभापति, एक महामन्त्री र कोषाध्यक्ष निर्वाचित हुने प्रस्ताव गरिएको छ। यसका साथै एक जना उपसभापति, एक जना महामन्त्री र एक जना सहमहामन्त्री मनोनित हुने विधानको मस्यौदामा प्रस्ताव गरिएको छ। संस्थापन पक्षले राखेको प्रस्ताव हालकै विधानमा भएको व्यवस्थाको निरन्तरता हो। 

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले फरक मत राख्दै ११ जना पदाधिकारी हुने व्यवस्था प्रस्ताव गरेको छ। एक जना सभापति, तीन जना उपसभापति, तीन महामन्त्री, सह-महामन्त्री तीन, र कोषाध्यक्ष एक जना रहने प्रस्ताव गरिएको छ। यी सबै पदाधिकारी निर्वाचित हुनुपर्ने प्रस्ताव पौडेल पक्षको छ।  

उक्त समूहले समानुपातिक र समावेशिताको आधारमा थप विकल्प पनि पेस गरेको छ। सात जना उपसभापति र सात जना सह-महामन्त्रीको व्यवस्था गर्ने गरी पदाधिकारी संख्या समानुपातिक र समावेशिताका आधारमा निर्वाचित तथा मनोनयन गर्न प्रस्ताव छ।

जिल्ला सभापति र कोषाध्यक्षहरूको बढ्दो सक्रियता
नुवाकोटको ककनीमा गत साता भएको जिल्ला सभापतिहरुको भेलामा संस्थापन इतर समूहले पदाधिकारी संख्या बढाउन दबाब दिएको थियो। बुधबार र बिहिबार भएको सभापतिहरुको निर्णयको दशौं बुँदामा पदाधिकारी थप्नुपर्ने सुझाव दिइएको छ। 

पार्टी सभापतिको इच्छा विपरीत भएको जिल्ला सभापतिको राष्ट्रिय भेलाले संस्थापन इतर समूहलाई सहयोग पुग्ने गरी निर्णय गरिएको छ। ५६ जना जिल्ला सभापति उपस्थित भएको बैठकले पार्टीलाई पदाधिकारी बढाउन सुझाएको थियो। 

शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव पेस गर्न गएको सभापतिहरूको टोलीलाई देउवाले ‘राम्रो रेस्पोन्स’ नगरेको बुझिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

शुक्रबार धार्दिङमा बसेको कोषाध्यक्षको भेलाले पनि पदाधिकारी बढाउनुपर्ने राय दिएको थियो। 

केन्द्रीय समितिमा उठ्यो समावेशिताकाे विषय

बिहिबारदेखि जारी केन्द्रीय कार्य समितिको बैठकमा संस्थापन इतर समूहका नेतालाई साथ दिँदै देउवापक्षीय नेताले पनि पदाधिकारी संख्या बढाउनुपर्ने धारणा राखेका छन्। संस्थापन पक्षका नेताले पदाधिकारी संख्या थप्न ‘औचित्य र आधार स्पष्ट हुनुपर्ने’ विचार राखेका छन्। व्यक्ति व्यवस्थापनको लागि पदाधिकारी बढाउने प्रस्ताव उचित नहुने संस्थापन पक्षका नेताहरुको भनाइ छ। 

आइतबारसम्म बोल्ने अधिकांश नेताले पदाधिकारी बढाउने पक्षमा देखिएका छन्। देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले पार्टीमा विधान वा विचार प्रधान हुने भएकाले त्यसकै आधारमा छलफल हुनुपर्ने बताए। उनले भने, ‘कुनै व्यक्तिलाई समावेश गर्न व्यक्तिकेन्द्रित छलफल नगरौं।’ केन्द्रीय सदस्यको संख्या बढाएपछि पदाधिकारी संख्या बढ्नुपर्ने धेरैको मत छ। विश्वकर्माले थपे, ‘व्यक्ति व्यवस्थापनका लागि होइन। समावेशिताको आधारमा पदाधिकारी थप्न सकिन्छ।’

Xtrem

Xtrem

बैठकमा पार्टी सदस्यताको प्रकृति दुई प्रकारको नै हुनुपर्ने राय आएको छ। साधारण सदस्यता अनलाइन पद्धतिबाट लिन सकिएपनि क्रियाशील सदस्यता पार्टीको सांगठनिक पद्धतिबाट बनाउनुपर्ने आवाज उठेको छ। 'एक व्यक्ति एक पद'मा अधिकांश केन्द्रीय सदस्यहरुले सहमति जनाएका छन्।

बहुसख्यंक सदस्यले आरक्षणको सुविधा दुई पटकभन्दा बढी दिन नहुने पक्षमा छन्। विधानले आरक्षणलाई रोकेको अवस्थामा तिनै व्यक्ति खुलामा प्रतिस्पर्धा गर्ने भएकाले महत्वपूर्ण व्यक्तिहरु बाहिरिने आशंका केन्द्रीय सदस्य पुष्पा भुसालको छ। संगठनमा विचलन ल्याउन सक्ने बताउँदै विश्वकर्माले भने ‘विद्यमान प्रावधान नै उपयुक्त देखिन्छ।’

वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय केन्द्रीय सदस्य कमला पन्तले सभापतिलाई मनोनित गर्ने अधिकार १० प्रतिशतभन्दा बढी हुन नहुने बताइन्। अर्थ, निर्वाचन, अनुशासन समिति र संसदीय समिति तल्लो तहदेखि नै निर्वाचन मार्फत आउनुपर्ने धारणा राखिन्। 

उनले केन्द्रीय कार्य समितिको संख्या बढाउँदा पदाधिकारी पनि बढाउन माग गरिन्। उनले भनिन्, ‘महिला सहभागिता सुनिश्चित हुने गरी समावेशिताका आधारमा पदाधिकारी बढाउनुपर्छ।’ क्रियाशील सदस्यता कायम राख्न प्रस्ताव गरेकी भुसालले कार्यकर्तामा क्रियाशील सदस्यताको मोह रहेको बताइन्। उनले भनिन् ‘क्रियाशील सदस्य भएकै कारण कार्यकर्ता अंगभंग हुनुपरेको थियो। क्रियाशील सदस्यता कायम हुनुपर्छ।’

भुसालले क्रियाशील सदस्यता विधानमा स्पष्ट उल्लेख हुनुपर्ने प्रस्ताव गरिन्। जनसंख्याको आधारमा भन्दा सदस्यताको आधारमा प्रतिनिधित्व हुनुपर्ने सुझाव दिइन्। पदाधिकारीमा समावेशिताको सिद्धान्त निश्चित भए संख्या बढाउन सकिने मत राखिन्। केन्द्रीय सदस्य १ सय २१ देखि १ सय ४० को बीचमा हुनु उपयुक्त हुने धारणा राखिन्।

पार्टीका विभाग तथा समितिमा एक तिहाइ महिलाको स्पष्ट किटान गर्नुपर्ने माग उनले  राखिन्। भुसालले केन्द्रदेखि स्थानीय तहसम्मका सभापतिलाई बलियो बनाउनुपर्ने राय राखिन्। महासमिति बैठक प्रादेशिक बनाउन नहुने उनको जोड छ।
 

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०७५  १७:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित कांग्रेसको दलित समानुपातिकतर्फ भएको निर्वाचनमा परियार पराजित भएका हुन्। निर्वाचन परिणामपछि प्रतिक्रिया दिँदै उनले आफूलाई मतदान र समर... बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले भोटेकोशी बाढी... बिहीबार, असोज १५, २०८३
वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको ‘जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन तथा उपयोगसम्बन्धी छलफल तथा अन्तरक्रिया’पछि... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्