• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २७, २०८२ Mon, Oct 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

समावेशिताका आधारमा पदाधिकारी बढ्न सक्छ : संस्थापन पक्ष 

जिल्ला सभापति र कोषाध्यक्षहरूको बढ्यो सक्रियता 
64x64
नेपाल लाइभ आइतबार, मंसिर १६, २०७५  १७:५७
1140x725

काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक, जिल्ला सभापतिहरूको भेला र कोषाध्यक्षहरुको राष्ट्रिय भेलाबाट नेपाली कांग्रेसको विधानमा पदाधिकारी संख्या बढाउन दबाब बढेको छ। 

विधान संसोधनका लागि गठित समितिका प्रारम्भिक बैठकमा पार्टी संस्थापन पक्षका सदस्यहरू पदाधिकारीको संख्या बढाउन सहमत भएका थिए। समितिका सदस्यहरूबीच पदाधिकारी चयनको प्रक्रियामा विवाद भएपछि संस्थापन पक्षले विद्यमान प्रावधानलाई नै कायम राख्ने अडानमा रह्यो। इतर समूहले निर्वाचित हुने पदाधिकारी संख्या बढाउने प्रस्ताव राखेको थियो।

प्रस्तावित विधानको मूल विधानमा संस्थापन पक्षकै प्रस्ताव पेश गरिएको छ। उक्त प्रस्तावमा सभापति, एक महामन्त्री र कोषाध्यक्ष निर्वाचित हुने प्रस्ताव गरिएको छ। यसका साथै एक जना उपसभापति, एक जना महामन्त्री र एक जना सहमहामन्त्री मनोनित हुने विधानको मस्यौदामा प्रस्ताव गरिएको छ। संस्थापन पक्षले राखेको प्रस्ताव हालकै विधानमा भएको व्यवस्थाको निरन्तरता हो। 

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले फरक मत राख्दै ११ जना पदाधिकारी हुने व्यवस्था प्रस्ताव गरेको छ। एक जना सभापति, तीन जना उपसभापति, तीन महामन्त्री, सह-महामन्त्री तीन, र कोषाध्यक्ष एक जना रहने प्रस्ताव गरिएको छ। यी सबै पदाधिकारी निर्वाचित हुनुपर्ने प्रस्ताव पौडेल पक्षको छ।  

उक्त समूहले समानुपातिक र समावेशिताको आधारमा थप विकल्प पनि पेस गरेको छ। सात जना उपसभापति र सात जना सह-महामन्त्रीको व्यवस्था गर्ने गरी पदाधिकारी संख्या समानुपातिक र समावेशिताका आधारमा निर्वाचित तथा मनोनयन गर्न प्रस्ताव छ।

जिल्ला सभापति र कोषाध्यक्षहरूको बढ्दो सक्रियता
नुवाकोटको ककनीमा गत साता भएको जिल्ला सभापतिहरुको भेलामा संस्थापन इतर समूहले पदाधिकारी संख्या बढाउन दबाब दिएको थियो। बुधबार र बिहिबार भएको सभापतिहरुको निर्णयको दशौं बुँदामा पदाधिकारी थप्नुपर्ने सुझाव दिइएको छ। 

पार्टी सभापतिको इच्छा विपरीत भएको जिल्ला सभापतिको राष्ट्रिय भेलाले संस्थापन इतर समूहलाई सहयोग पुग्ने गरी निर्णय गरिएको छ। ५६ जना जिल्ला सभापति उपस्थित भएको बैठकले पार्टीलाई पदाधिकारी बढाउन सुझाएको थियो। 

शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव पेस गर्न गएको सभापतिहरूको टोलीलाई देउवाले ‘राम्रो रेस्पोन्स’ नगरेको बुझिएको छ। 

Ncell 2
Ncell 2

शुक्रबार धार्दिङमा बसेको कोषाध्यक्षको भेलाले पनि पदाधिकारी बढाउनुपर्ने राय दिएको थियो। 

केन्द्रीय समितिमा उठ्यो समावेशिताकाे विषय

बिहिबारदेखि जारी केन्द्रीय कार्य समितिको बैठकमा संस्थापन इतर समूहका नेतालाई साथ दिँदै देउवापक्षीय नेताले पनि पदाधिकारी संख्या बढाउनुपर्ने धारणा राखेका छन्। संस्थापन पक्षका नेताले पदाधिकारी संख्या थप्न ‘औचित्य र आधार स्पष्ट हुनुपर्ने’ विचार राखेका छन्। व्यक्ति व्यवस्थापनको लागि पदाधिकारी बढाउने प्रस्ताव उचित नहुने संस्थापन पक्षका नेताहरुको भनाइ छ। 

आइतबारसम्म बोल्ने अधिकांश नेताले पदाधिकारी बढाउने पक्षमा देखिएका छन्। देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले पार्टीमा विधान वा विचार प्रधान हुने भएकाले त्यसकै आधारमा छलफल हुनुपर्ने बताए। उनले भने, ‘कुनै व्यक्तिलाई समावेश गर्न व्यक्तिकेन्द्रित छलफल नगरौं।’ केन्द्रीय सदस्यको संख्या बढाएपछि पदाधिकारी संख्या बढ्नुपर्ने धेरैको मत छ। विश्वकर्माले थपे, ‘व्यक्ति व्यवस्थापनका लागि होइन। समावेशिताको आधारमा पदाधिकारी थप्न सकिन्छ।’

बैठकमा पार्टी सदस्यताको प्रकृति दुई प्रकारको नै हुनुपर्ने राय आएको छ। साधारण सदस्यता अनलाइन पद्धतिबाट लिन सकिएपनि क्रियाशील सदस्यता पार्टीको सांगठनिक पद्धतिबाट बनाउनुपर्ने आवाज उठेको छ। 'एक व्यक्ति एक पद'मा अधिकांश केन्द्रीय सदस्यहरुले सहमति जनाएका छन्।

बहुसख्यंक सदस्यले आरक्षणको सुविधा दुई पटकभन्दा बढी दिन नहुने पक्षमा छन्। विधानले आरक्षणलाई रोकेको अवस्थामा तिनै व्यक्ति खुलामा प्रतिस्पर्धा गर्ने भएकाले महत्वपूर्ण व्यक्तिहरु बाहिरिने आशंका केन्द्रीय सदस्य पुष्पा भुसालको छ। संगठनमा विचलन ल्याउन सक्ने बताउँदै विश्वकर्माले भने ‘विद्यमान प्रावधान नै उपयुक्त देखिन्छ।’

वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय केन्द्रीय सदस्य कमला पन्तले सभापतिलाई मनोनित गर्ने अधिकार १० प्रतिशतभन्दा बढी हुन नहुने बताइन्। अर्थ, निर्वाचन, अनुशासन समिति र संसदीय समिति तल्लो तहदेखि नै निर्वाचन मार्फत आउनुपर्ने धारणा राखिन्। 

उनले केन्द्रीय कार्य समितिको संख्या बढाउँदा पदाधिकारी पनि बढाउन माग गरिन्। उनले भनिन्, ‘महिला सहभागिता सुनिश्चित हुने गरी समावेशिताका आधारमा पदाधिकारी बढाउनुपर्छ।’ क्रियाशील सदस्यता कायम राख्न प्रस्ताव गरेकी भुसालले कार्यकर्तामा क्रियाशील सदस्यताको मोह रहेको बताइन्। उनले भनिन् ‘क्रियाशील सदस्य भएकै कारण कार्यकर्ता अंगभंग हुनुपरेको थियो। क्रियाशील सदस्यता कायम हुनुपर्छ।’

भुसालले क्रियाशील सदस्यता विधानमा स्पष्ट उल्लेख हुनुपर्ने प्रस्ताव गरिन्। जनसंख्याको आधारमा भन्दा सदस्यताको आधारमा प्रतिनिधित्व हुनुपर्ने सुझाव दिइन्। पदाधिकारीमा समावेशिताको सिद्धान्त निश्चित भए संख्या बढाउन सकिने मत राखिन्। केन्द्रीय सदस्य १ सय २१ देखि १ सय ४० को बीचमा हुनु उपयुक्त हुने धारणा राखिन्।

पार्टीका विभाग तथा समितिमा एक तिहाइ महिलाको स्पष्ट किटान गर्नुपर्ने माग उनले  राखिन्। भुसालले केन्द्रदेखि स्थानीय तहसम्मका सभापतिलाई बलियो बनाउनुपर्ने राय राखिन्। महासमिति बैठक प्रादेशिक बनाउन नहुने उनको जोड छ।
 

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०७५  १७:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी
विश्वकप छनोट : नेपालले दियो यूएईलाई १४१ रनको मध्यम लक्ष्य
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सम्बन्धित सामग्री
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ महरालाई केही दिनअघि भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणको आरोपमा उनलाई केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिए... आइतबार, असोज २६, २०८२
मुलुक अहिले पनि ठूलो भ्याकुममा जान सक्ने खतरा छ : सञ्चारमन्त्री खरेल आइतबार नेपाल पत्रकार महासंघको कार्यालय सञ्चारग्राम पुगेका खरेलले जेन-जी आन्दोलनमा भएको घुसपैठ र त्यसक्रममा भएको तोडफोड र आगजनीमा दोष... आइतबार, असोज २६, २०८२
एमाले सचिवालय बैठक सुरू : ११औं महाधिवेशनको मिति तोकिँदै १८ सदस्यीय सचिवालयमा शक्रबार ९ जनाले बोलेका थिए । आज बाँकी ९ जनाले कुरा राखेपछि केही जरुरी निर्णय गरेर बैठक टुंगिने उनले सुनाए । आइतबार, असोज २६, २०८२
ताजा समाचारसबै
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
विश्वकप छनोट : नेपालले दियो यूएईलाई १४१ रनको मध्यम लक्ष्य आइतबार, असोज २६, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
मुलुक अहिले पनि ठूलो भ्याकुममा जान सक्ने खतरा छ : सञ्चारमन्त्री खरेल आइतबार, असोज २६, २०८२
एमाले सचिवालय बैठक सुरू : ११औं महाधिवेशनको मिति तोकिँदै आइतबार, असोज २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन भूमि आयोगबाट जग्गा धनी प्रमाण पुर्जा लिनेले ६० दिनभित्र मालपोत कार्यालयबाट अद्यावधिक गराउन सरकारको आग्रह शनिबार, असोज २५, २०८२
माओवादीसँगको एकताबारे विवाद हुँदा नेकपा एसको बैठक भोलिका लागि सारियो शनिबार, असोज २५, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
दूतावासहरूमा गएर मन्त्री र पद मागिएको जेनजी २.० समूहको दाबी, असली जेनजीको  बदनाम नगर्न चेतावनी शनिबार, असोज २५, २०८२
राष्ट्रपतिको स्वास्थ्यमा समस्या आएपछि जेनजीसँग बैठक सोमबारलाई सर्‍यो शनिबार, असोज २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
तत्कालीन भूमि आयोगबाट जग्गा धनी प्रमाण पुर्जा लिनेले ६० दिनभित्र मालपोत कार्यालयबाट अद्यावधिक गराउन सरकारको आग्रह शनिबार, असोज २५, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्