काठमाडौं– मंसिर २२ गते शनिबार टुँडिखेलमा ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’कार्यक्रम हुने भएको छ। शनिबार एक पत्रकार सम्मेलनको आयोजना गरी आयोजक रग्बी एशाेसियसन फेम नेपालले कार्यक्रम हुन लागेको जानकारी गराएको हो।
आयोजका जानकारी अनुसार उक्त कार्यक्रममा ‘रग्बी’खेलका साथै नायिका स्वस्तिमा खड्कासहित नेपाली संगीत तथा फिल्म क्षेत्रका २ दर्जनभन्दा बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुति दिनेछन्।
सर्वसाधारणका लागि निशुल्क प्रवेश रहेको उक्त कार्यक्रममा २५ हजारभन्दा बढी दर्शकको उपस्थिति रहने आयोजकको अनुमान छ। कार्यक्रममा वर्ल्ड रग्बीको ट्रफीसमेत सार्वजनिक गरिनेछ।
कार्यक्रमको लाइभ शोमा, अभिनेत्री स्वस्तिमा खड्का, गायक सुगम पोखरेल, आशिष राना ‘लाउरे’, नितेश जंग कुँबर, स्वप्न सुमन, डिजे सुरेन, डिजे कुइन् लगायत २ दर्जन बढी कलाकारले आफ्नो प्रस्तुति राख्नेछन्।
कार्यक्रम बिहान १० देखी साँझ ७ बजेसम्म हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।