काठमाडाैं- अफगानिस्तानमा तालिबानको आक्रमणमा परी ९ नेपाली घाइते भएका छन्। बुधबार राजधानी काबुलस्थित 'जिफोरएस'को कार्यालयमा भएको हमलामा परी एक बेलायती नागरिकसहित कम्तिमा ६ जनाको मृत्यु भएको थियो।
_x000D_
_x000D_
'जिफोरएस' सुरक्षा गार्ड उपलब्ध गराउने बेलायती संस्था हाे। घाइते हुने सबै ९ जना नेपाली साेही कम्पनीमा कार्यरत थिए। घाइतेहरुमध्ये केहीलाई गाेलीसमेत लागेकाे बताइएकाे छ।
_x000D_
_x000D_
घाइतेमध्ये ३ जनाकाे अवस्था सामान्य रहेकाे र अाजै अस्पतालबाट डिस्चार्जसमेत हुने बताइएकाे छ। बाँकी ६ जनाकाे भने अवस्था गम्भीर रहेकाे छ। उनीहरुकाे स्थानीय बागराम अस्पतालमा उपचार भइरहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।