राजविराज– सप्तरीमा म्याजिक भ्यानको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
_x000D_
_x000D_
रुपनी राजविराज सडकखण्ड अन्तर्गत रुपनी गाउँपालिका–१ मा ना१ज ८१०३ नम्बरको म्याजिक भ्यानले स्थानीय ३८ वर्षिया प्रमिलादेवी पासवान र उनकी १४ महिने छोरी पारवती कुमारीलाई ठक्कर दिएको थियो।
_x000D_
_x000D_
घाइते दुवैलाई स्थानीय अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा बालिकाको मृत्यु भएको सप्तरीका डिएसपी भावेश रिमालले बताए। म्याजिक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।