काठमाडौं– दाङको घोराही उपमहानगरपालिका–१३ लामिडाँडास्थित माडी हार्डवेयर पसलका सञ्चालक ४६ वर्षीय नन्दबहादुर घर्ती मगरको अपरिचित व्यक्तिकाे चक्कु प्रहारबाट मृत्यु भएकाे छ।
_x000D_
_x000D_
बिहीबार बेलुका चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु प्रहरीले जनाएकाे छ।
_x000D_
_x000D_
घटनामा संलग्न रहेको अभियोगमा १ जनालाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।