काठमाडाैं– प्रतिबन्धित लागुऔषधसहित आज बिहान सिरहा बरियारपट्टी– १ बाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
_x000D_
_x000D_
प्रहरीचौकी कचनारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा स४प ६७९२ नं को मोटरसाइकलबाट प्रतिबन्धित लागुऔषधसहित लहान नगरपालिका–२ का २१ वर्षीय मोहम्मद मुर्तुजालाई पक्राउ गरेको हो।
_x000D_
_x000D_
पक्राउ परेका मुर्तुजाको साथबाट प्रतिबन्धित लागुऔषध डिलक्स सिसी १०० एमएलको २४ बोतल बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए।
_x000D_
_x000D_
पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय महेशपुर पतारीमा पठाइएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।