कैलाली– कैलालीको टीकापुर नगरपालिका वडा नं १ ब्लक नंं १६ मा १६ वर्षीया पूजा थापा
_x000D_
मृत अवस्थामा फेला परेकी छन्।
_x000D_
_x000D_
बिहीबार बिहान १० बजेतिर टीकापुरको ब्लक नं १२ मा हजुरआमालाई भेटन गएकी थापा शुक्रबार बिहान मृत फेला परेकी हुन्।
_x000D_
_x000D_
मावली घरमा बज्यै तुलसी रावलसँगै बस्दै कक्षा १२ मा अध्ययन गरिरहेकी थिइन्।
_x000D_
_x000D_
घरदेखि करिब दुई सय मिटर उत्तरतर्फ रहेको एक निर्माणाधिन घरको नजिकै खुल्ला चौरमा शव रहेको र किशोरीको मोबाइल, ज्याकेट चप्पल उक्त घरभित्र भेट्टीएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए।
_x000D_
_x000D_
मृतकका बुवा हर्कबहादुर थापा र आमा कामको शिलशिलामा भारतमा रहेका आफन्तले बताएका छन्।
_x000D_
_x000D_
घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिएसपी सिंहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।