काठमाडौं– सनराइज बैंकले लगानीकर्तालाई ११ दशमलब ५ प्रतिशत नगद लाभांश दिने भएको छ। बैंक सञ्चालक समितिको मंसिर १३ गते बसेको बैठकले लगानीकर्ता लाभांश दिने प्रस्ताव गरेको हो।
_x000D__x000D_
बैंकले ८ अर्ब १५ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजीको ११ दशमलब ५ प्रतिशतले हुन आउने ९३ करोड ७५ लाख ४३ हजार रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको हो।
_x000D__x000D_
वाणिज्य बैंकहरुले राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुगेसँगै लगानीकर्तालाई नगद लाभांश मात्रै घोषणा गर्न थालेका छन्। यसको प्रत्यक्ष असर बैंकको दोस्रो बजारको सेयर मूल्यमा पर्ने गरेको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।