काठमाडाैं– शाहरुख खान अभिनित फिल्म ‘जिरो’ को सेटमा आगो लागेको छ। फिल्म सुटिङका लागि तयार पारिएको सेटमा बिहीबार साँझ आगो लागेको भारतीय प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
मुम्बईस्थित फिल्म सिटीमा रहेको सेटमा आगो लाग्दा फिल्मका मुख्य अभिनेता शाहरुख घटनास्थलमै रहेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
_x000D_
_x000D_
'आगलागी हुँदा अभिनेता शाहरुख पनि घटनास्थलमै थिए, आगो लाग्न थालेपछि उनी त्यहाँबाट बाहिरिए,' भारतीय प्रहरीका उपायुक्त विनय राठौडले बताए, 'तर घटनामा कुनै मानवीय क्षति भने हुन पाएन।'
_x000D_
_x000D_
के कारणले फिल्म सेटमा आगो लाग्यो भन्ने विषय पत्ता लाग्न नसकेको बताइएको छ।
_x000D_
_x000D_
राठौडका अनुसार बिजुलीको तार, बिजुलीबाट चल्ने उपकरण, लाइट, सुटिङका सामान र पर्दामा आगो लागेको थियो।
_x000D_
_x000D_
सुटिङ सेटबाट धुँवाको मुस्लो निस्किएपछि घटनास्थलमा अग्निनियन्त्रक पठाइएको थियो। फिल्म 'जिरो' २१ डिसेम्बरमा रिलिज हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।