काठमाडौं– पार्टीको विधान संशोधन मस्यौदामाथि छलफल गर्न कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बसेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको बैठकमा पार्टीको विधान संशोधन मस्यौदामाथि नेताहरुले आफ्नो धारणा राखेका थिए।
_x000D_
_x000D_
विधान संशोधन मस्यौदामा केन्द्रित रहेको आजको बैठकमा केन्द्रीय सदस्यहरु डा रामशरण महत, महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी र प्रदिप पौडेलले आफ्नो धारणा राखेका थिए।
_x000D_
_x000D_
गत आइतबार पार्टीको विधान मस्यौदा संशोधन समितिले पेस गरेको प्रतिवेदनमाथि छलफल सुरु गरिएको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए।
_x000D_
_x000D_
महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले केन्द्रीय समितिमा पेस गरेको मस्यौदामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असहमति जनाउँदै सभापतिलाई दिइएको अधिकार कटौति गर्नुपर्ने, पदाधिकारी संख्या बढाउनु पर्ने लगायतका माग राखेको छ।
_x000D_
_x000D_
बैठकमा असहमतिका पक्षलाई पनि छलफल गरेर सो मस्यौदालाई टुंगो लगाउने तयारी गरिएको छ। बैठकमा राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, सांगठनिक प्रतिवेदनमाथि पनि छलफल गरी आगामी २८ गतेदेखि काठमाडौंमा सुरु हुने महासमिति बैठकमा पेस गर्ने कांग्रेसको तयारी छ।
_x000D_
_x000D_
सहमहामन्त्री महतले केन्द्रीय कार्य समिति बैठकले विधान संशोधन मस्यौदा, राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदनमाथि पनि छलफल गरी महासमिति बैठकमा पेस गर्ने सबै प्रतिवेदनहरु तयार पार्ने बताए।
_x000D_
_x000D_

_x000D_
_x000D_
विधान मस्यौदामा ‘एक व्यक्तिः एक पद’को प्रस्ताव गरिएको छ। त्यसैगरी केन्द्रदेखि टोलसम्म ८ वटा संरचना प्रस्ताव गरिएको छ। स्थानीय तहको निर्वाचनमा उम्मेदवारी तय गर्ने जिम्मेवारी स्थानीय तहलाई नै दिने, उम्मेदवार प्रस्ताव गर्दा ३ जनाभन्दा बढी गर्न नपाउने व्यवस्था पनि गरिएको छ। प्रस्तावित विधान मस्यौदामा पार्टीको केन्द्रीय विभागहरुको नाम र कार्य क्षेत्रमा पनि व्यापक हेरफेर गरिएको विधान संशोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले बताए।
_x000D_
_x000D_
जसअनुसार ‘केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान’को नाम ‘केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ प्रस्ताव गरिएको छ। सो प्रतिष्ठानमा स्थायी सचिवालयको व्यवस्था गर्ने र सोमार्फत पार्टीको नीति तय गरिने पनि उल्लेख गरिएको छ। प्रस्तावित विधान संशोधन मस्यौदा समितिमा केन्द्रीय अनुशासन समिति, लेखा समितिको पनि व्यवस्था गरिएको छ। केन्द्रीय अनुशासन समितिअन्तर्गत प्रदेश र जिल्लामा पनि अनुशासन समिति रहने व्यवस्था गरिएको छ।
_x000D_
_x000D_
केन्द्रीय कार्यसमितिको बैठक भोलि बिहान ११ बजे पुनः बस्नेछ। भोलिको बैठकमा बाँकी केन्द्रीय सहदस्यहरुले मस्यौदामाथि क्रमशः आफ्ना धारणाहरु राख्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।