काठमाडौं– संसदीय समितिले नयाँ सहरी बस्ती विकास आयोजनाको काम तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिएको छ।
_x000D_
_x000D_
बिहीबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकले नयाँ सहरी बस्ती विकास आयोजनाको काम तत्काल अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको हो।
_x000D_
_x000D_
स्पष्ट मापदण्ड बनाई सो आयोजनाको कामलाई तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन्। सरकारले मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गले छोएका १८ वटा साना सहरलाई व्यवस्थित सहर बनाउन योजना अघि सारेको छ। समितिको बैठकले सोसम्बन्धी योजना अघि बढाउँदा स्पष्ट मापदण्ड तय गर्न पनि सरकारलाई सचेत गराएको छ।
_x000D_
_x000D_
न्यूनतम पूर्वाधार सुनिश्चित हुनेगरी नयाँ सहरी बस्ती विकास आयोजनाको काम सुरु गर्न सरकारको ध्यानाकर्षण गराइएको पनि समितिकी सभापति खड्काले बताइन्।
_x000D_
_x000D_
बैठकमा सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले सहरी विकास बस्ती योजनाको कामलाई छिट्टै तीव्रता दिने प्रतिवद्धता व्यक्त गरे। उनले प्रदेश सरकारले स्वामित्व नलिएका कारण नयाँ सहरी बस्ती विकास आयोजनाको कामले गति नलिएको पनि समितिलाई जानकारी गराए।
_x000D_
_x000D_
नयाँ सहरी विकास बस्ती आयोजनाको कामलाई प्रभावकारी रुपमा सञ्चालन गर्न अनुगमनको कामलाई पनि सूचारु गराउने मन्त्री राईको योजना छ।
_x000D_
_x000D_
मन्त्री राईले नमुना बस्ती विकास आयोजनाका लागि बजेटको खोजी भइरहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।