काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केही प्रमुख पदहरुमा पदाधिकारी नियुक्ति गरेको छ। राप्रपा विधान बमोजिम अध्यक्ष कमल थापाले पार्टीको सहायक महामन्त्री र सहायक कोषाध्यक्ष पदमा पदाधिकारी नियुक्ति गरेका हुन्।
_x000D_
_x000D_
प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार भक्तिप्रसाद सिटौला (झापा), केदारनाथ कोइराला (मोरङ), राजाराम बर्तौला (मकवानपुर), बसन्तमान सिंह अधिकारी (संखुवासभा), इन्द्र चित्रकार (काठमाडौं), प्रेम कुमार श्रेष्ठ (प्रवास), राजेश गिरी (झापा), तिर्थराज चटौत (कञ्चनपुर) र रेणुदेवी साह (सप्तरी) लाई सहायक महामन्त्रीमा मनोनयन गरिएको छ।
_x000D_
_x000D_
त्यस्तै, सहायक कोषाध्यक्षको जिम्मेवारी विशेश्वर शर्मा सुवेदी (धादिङ्ग) लाई दिइएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।