विराटनगर– बिमा रकमको लोभमा आफ्नै गाडीमा आगजनी गर्ने माइक्रो बसका मालिक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
_x000D_
_x000D_
बस मालिक मन्थली नगरपालिका-५ का ४८ वर्षीय शम्भु कार्की र सह चालक लिखु गाउँपालिका–५ का २५ वर्षीय दिनेश बरुवाललाई प्रहरीले पक्राउ गरेको हो।
_x000D_
_x000D_
गाडी पुरानो भई ऋण चुक्ता गर्न नसकेको र बिमालगायतका क्षतिपूर्ति पाइने लोभमा उनीहरूले योजनाबद्ध रूपमै माइक्रोमा आगजनी गरेको प्रहरीले जानकारी दिएको छ।
_x000D_
_x000D_
गत मंगलबार मोरङको ग्रामथान गाउँपालिका-५ को मसान चौकमा राति १० बजे बा ३ ख ८०७४ नम्बको माइक्रोमा आगजनी भएको थियो। अज्ञात समुहले बसमा आगजनी गरेको र मोबाइल तथा अन्य धनमाल समेत लुटेको भन्दै प्रहरीमा उजुरी आएपछि अनुसन्धानका क्रममा दुवै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।
_x000D_
_x000D_
आगजनीमा बसका चालकसमेत रहेका कार्की तथा सहचालक बरुवालकै संग्लग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले उल्लेख गरेको छ।
_x000D_
_x000D_
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।