काठमाडौं– गत असोज २४ गतेबाट प्रदर्शनमा आएको फिल्म छक्का पञ्जा-३ ले ५१ दिने सफलता प्राप्त गरेको छ। फिल्मले उपत्यका र मोफसल गरी १३ वटा हलमा ५१औं दिन पार गरेको हो।
_x000D_
_x000D_
फिल्मका यसअघिका सिरिजहरु ‘छक्का पञ्जा’ले एक सय एक दिन र ‘छक्का पञ्जा-२’ ले ५१औं दिन पार गरेका थिए।
_x000D_
_x000D_
दीपकराज गिरिको कथा तथा दीपाश्री निरौलाको निर्देशन रहेको फिल्मले उपत्यकामा मल्टिप्लेक्स अन्तर्गत क्युएफएक्सको सिभिल मल सुन्धारा, बिग मुभिज कमलपोखरी, एफ क्युब सिनेमा चाबहिल, बिजी मल बिएसआर गोंगबुमा ५१औं दिन मनाएको हो।
_x000D_
_x000D_
यसैगरी, सिङ्गल थिएटरअन्तर्गत अष्टनारायण पिक्चर्स बाइपास बालाजु, गुण सिनेमा ग्वार्को, गङ्गा सिनेमा बालाजु, गोपी कृष्ण मुभिज चाबहिल र बाराही मुभिज भक्तपुरमा पनि ५१औं दिन पार गरेको हो।
_x000D_
_x000D_
फिल्मले मोफसलका कालिका सिनेमा बुटवल, क्युएफएक्सकै जालमा नारायणगढ र बागेश्वरी नेपालगञ्ज तथा विन्दवासिनी सिनेमा पोखरामा प्रदर्शनको ५१औं दिन पार गरेको छ।
_x000D_
_x000D_
फिल्म सफल भएकोमा निर्देशक दीपश्री निरौलाले फिल्म युनिट, सञ्चारकर्मी तथा दशर्कप्रति आभार प्रकट गरेकी छन्। उनले आगामी दिनमा पनि यस्तै सहयोगी दर्शक तथा निर्माण यनिटका साथ अघि बढ्ने उनको भनाइ छ।
_x000D_
_x000D_
फिल्ममा दीपकराज गिरिसँगै जितु नेपाल, केदार घिमिरे, दीपिका प्रसाईं, शिवहरी पौडेल, शिशिर वाङ्देल, नीर शाह, किरण केसी, जयनन्द लामालगायतको अभिनय रहेको छ।
_x000D_
_x000D_
यसमा कार्यकारी निर्माताका रुपमा जितु नेपाल र केदार घिमिरे रहेका छन्। अघिल्लो सेरिजझैं यसमा पनि सुमन गिरि ‘भान्जा’ र ताराचन्द्र बजगाईं ‘निशान’ निर्माताको छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।