राजविराज– आमाले गाली गरेको झोकमा सप्तरीमा एक बालिकाले शरीरमा आगो लगाएर आत्महत्या गरेकी छिन्।
_x000D_
_x000D_
कञ्चनरूप नगरपालिका– ४ जगतपुरकी १३ वर्षीया अञ्जली चौधरीको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो।
_x000D_
_x000D_
विद्यालय नगएको विषयमा आमा सरीताले गाली गरेपछि बुधबार साँझ अञ्जलीले शरीरमा मट्टितेल छर्किएर आगो लगाएको दिदी सविनाले बताइन्। उनी कञ्चनरुपस्थित इन्टरनेसनल लक्की इंगलिस स्कुलमा कक्षा ५ मा पढ्थिन्।
_x000D_
_x000D_
जलेर घाइते भएकी अञ्जलीलाई उपचारका लागि बुधबारै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। थप उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पतालमा भर्ना गरिएकी अञ्जलीको बिहीबार बिहान १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।