राजविराज– सिरहाको लहान नगरपालिका ५ बस्ने ३० वर्षीय गीता सदालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ।
_x000D_
_x000D_
सप्तरीको सुरुङ्गा नगरपालिका–३ स्थित भुसि–महुलियाबाट उनलाई पक्राउ गरिएको हो । सदाको साथबाट अमेरिकन पेस्तोल, त्यसमा लाग्ने म्यागजिन तथा खुकुरीलगायतका हतियार बरामद भएको डिएसपी भावेश रिमालले बताए।
_x000D_
_x000D_
शंकास्पद व्यवहार देखाएपछि गाउँलेले दिएको जानकारीका आधारमा सदालाई पक्राउ गरिएको रिमालले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।