काठमाडौं- सरकारले संविधानसँग बाझिएका कानुन निर्माणको कामलाई उच्च प्राथमिकता दिने भएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संविधानसँग बाझिएका कानुन निर्माणको कामलाई उच्च प्राथमिकता दिन लागिएको जानकारी गराएका हुन्।
_x000D_
_x000D_
स्थानीय, प्रदेश र संघको कामलाई सहज बनाउन पनि सरकारले सो कानुन निर्माणको कामलाई उच्च प्राथमिकतामा राख्नु परेको मन्त्री ढकालको भनाई छ। बिहिबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री ढकालले द्वन्द्व पीडितलाई न्याय दिने काममा ढिलाई हुन नदिन सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित कानुन बनाउने कामलाई पनि प्राथमिकतामा राखिएको बताए।
_x000D_
_x000D_
उनले साझा सूचीसँग सम्बन्धित कानुन पनि संसदको आगामी हिउँदे अधिवेशनमा पारित गर्ने सरकारको योजना रहेको पनि उल्लेख गरे।
_x000D_
_x000D_
मन्त्री ढकालले द्वन्द्वपीडितलाई न्याय दिने र शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्न सरकार लागि परेको दाबी पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।