सामान्यतः केरा स्वास्थ्यका लागि उपयोगी फल मानिन्छ। तर, यसमा हुने चिनीको मात्राका कारण मधुमेहका बिरामी खान डराउँछन्। किनभने, मधुमेहका बिरामीले खानपान नियन्त्रण गरेर ब्लड सुगरको मात्रालाई निरन्तर विचार पुर्याइरहनुपर्छ।
_x000D_
_x000D_
केरा पोटासियम, चिनी, फाइबर, भिटामिन बी ६, म्यागानिज, प्रोटिनजस्ता तत्वको खानी हो। तर, जब मधुमेहको कुरा आउँछ, केरामा भएको चिनीको मात्रा सबैभन्दा बढी बहसको विषय बन्छ। अर्थात् यसले शरीरमा चिनीको मात्र बढाइदिन्छ।
_x000D_
_x000D_
स्वस्थ मानिसमा त प्याङ्क्रियाजमा उत्पादन हुने इन्सुलिनले सुगरको मात्रा नियन्त्रण गर्छ। तर, मधुमेहका बिरामीमा प्याङ्क्रियाजले इन्सुलिन उत्पादन गर्न सक्दैन भने भएका इन्सुलिन पनि प्रयोग गर्न सक्दैन। त्यसैले चिनीको मात्रा भएका खाद्यपदार्थ उपयोग गर्दा शरीरमा भएको ब्लड सुगरको मात्रा बढ्छ। केरा खाँदा पनि निश्चय नै ब्लड सुगरको मात्रा बढ्छ।
_x000D_
_x000D_
तर, केरामा डाइटरी फाइबर हुन्छ, जुन अलग प्रकारको कार्बोहाइड्रेट हो र यसले ब्लड सुगरको मात्रालाई नियन्त्रणगर्छ। एउटा मध्यम खालको केरामा ६ ग्राम स्टार्च हुन्छ। केरामा फाइबर हुने हुनाले चिनीका कारण हुने ब्लड सुगरको समस्यालाई फाइबरले पनि समाधान गर्छ।
_x000D_
_x000D_
के केरा खानु मधुमेहका रोगीलाई सुरक्षित छ?
_x000D_
_x000D_
मधुमेहका रोगीले केरा खानु सुरक्षित छ। तर, यसका लागि एक दिनमा कति कार्बोहाइड्रेट खाइन्छ, त्यसमा भर पर्छ। एउटा केरामा दुई पिस पाउरोटीको स्यान्डबीचमा जत्तिकै कार्बोहाइड्रेट हुन्छ। अर्कोतर्फ मधुमेह गराउन भूमिका खेल्ने उच्च रक्तचाप हुनबाट जोगाउने काम पनि केराले गर्छ।
_x000D_
_x000D_
यसमा पाइने पोटासियम, भिटामिन बी ६ र डाइटरी फाइबरका कारण केरा कुनै पनि खाद्यपदार्थसँग खान सकिने असल फल मानिन्छ। यदि, कुनै पनि खानामा उच्च ग्लाइसेमिक इन्डेक्स छ भने मधुमेहका रोगीका लागि सिफारिस गरिँदैन। तर, केराको ग्लाइसेमिक इन्डेक्स ४९ हुन्छ। त्यसैले यतिसम्मको अवस्थामा मधुमेहका रोगीका लागि केरा खान उपयुक्त मानिन्छ।
_x000D_
_x000D_
कस्तो केरा खाने?
_x000D_
_x000D_
केरामा हुने सुगरको मात्रा घटाउन काँचो र आधा पाकेको खानु राम्रो हुन्छ। यो अवस्थामा केरामा स्टार्च मात्र हुन्छ, यही स्टार्च पछि सुगरमा परिवर्तन हुन्छ। यस्तो केरामा उच्च फाइबरको मात्रा हुन्छ भने सुगरको मात्रा कम हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।