

१. एक पिन्ट (५६८ मिलि) बियर उत्पादन गर्न १ सय ५० लिटर पानी लाग्छ ।
_x000D_
२. विश्वका ७८ करोड मानिसहरु स्वच्छ पानीको अभावबाट पीडित छन् ।
_x000D_
३. मानिसको मष्तिष्कमा ७० प्रतिशत पानी हुन्छ ।
_x000D_
४. अस्वस्थ पानीले विश्वमा हरेक घन्टा २ सय बालबालिकाको ज्यान जाने गरेको छ ।
_x000D_
५. मानिस खाना नखाई एक महिनासम्म बस्न सक्छ । तर पानी नखाई एक हप्तापनि बस्न सक्दैन ।
_x000D_
६. एक टन स्टील उत्पादन गर्न ३ सय टन पानी चाहिन्छ ।
_x000D_
७. अमेरिकीहरु ट्वाइलेट फ्लस गर्नमात्र दैनिक ५.७ अर्ब ग्यालेन पानी प्रयोग गर्छन् ।
_x000D_
८. मानिसको शरीरको ६६ प्रतिशत पानीबाट बनेको हुन्छ ।
_x000D_
९. नासाले चन्द्रमामा बरफको रुपमा पानीको अस्तित्व रहेको पत्ता लगाएको छ ।
_x000D_
१०. अमेरिकामा एक दिनमा ४ सय बिलियन ग्यालेन पानी प्रयोग हुन्छ ।
_x000D_
११. विश्वको ७५ प्रतिशत भूभाग पानीले भरिएको छ ।
_x000D_
१२. मानिसलाई तिर्खा लागेको अवस्थामा उसको शरीरको कूल पानीको परिमाणमध्ये १ प्रतिशत कम भएको हुन्छ ।
_x000D_
१३. विश्वका ३३ प्रतिशत मानिसले बोत्तलको पानी प्रयोग गर्छन्, यसमा लगानी भएको पैसाको हिसाब गर्ने हो भने त्यो रकम ७८ करोड मानिसलाई स्वच्छ पानी उपलब्ध गराउन काफी हुन्छ ।
_x000D_
१४. मानव शिशुको शरीरमा गर्भको पहिलो महिनामा ९० प्रतिशत पानी हुन्छ भने जन्मँदा ७७ प्रतिशत हुन्छ ।
_x000D_
१५. मानिसले एक वर्षमा १ हजार लिटर पानी पिउन सक्छ ।
_x000D_
१६. तातो पानी चिसोभन्दा चाँडो जम्छ ।
_x000D_
१७. एक कप कफीका लागि हुने कफीको बियाँ उत्पादन गर्न २ सय लिटर पानीलाग्छ ।
_x000D_
१८. एउटा सर्ट र पाइन्ट बनाउन सकिने कपास उत्पादन गर्न १० हजार लिटर पानी लाग्छ ।
_x000D_
१९. विश्वमा पाइने पानीको ९७ प्रतिशत पानी नुनिलो अर्थात् प्रयोग गर्न नमिल्ने खालको छ ।
_x000D_
२०. एउटा उँटले १० मिनेटमा ३५ ग्यालेन पानी पिउन सक्छ ।
_x000D_
२१. अफ्रिकामा मात्र पानी संकलन गर्न ४० अर्ब घण्टा प्रयोग हुने गरेको छ ।
_x000D_
२२. सन् २०२५ सम्ममा विश्वको आधा जनसंख्यामा पानीको अभाव हुने आँकलन गरिएको छ ।
_x000D_
२३. विश्व इतिहासमा सन् २०१२ सम्ममा पानीका कारण २ सय ६५ वटा युद्ध भएको रेकर्ड छ ।
_x000D_
२४. पृथ्वीमा सन्तुलित तापक्रम कायम हुने मुख्य कारण पानी हो ।
_x000D_
२५. विकासोन्मुख मुलुकमा ५० प्रतिशत पानी चुहावट भएरै सकिन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।