विराटनगर– मोरङको बेलबारी नगरपालिका–७ बाहुनीमा टुकी बत्तीमा जलेर एक बालिकाको मृत्यु भएको छ।
_x000D_
_x000D_
नवल किशोर चौधरीको ३ वर्षीया छोरीको टुकी बत्तीमा जलेर मृत्यु भएको होे।
_x000D_
_x000D_
बुधबार साँझ खेल्ने क्रममा उनी बत्तीमा डढेर गम्भीर घाइते भएकी थिइन्।
_x000D_
_x000D_
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा राति साढे एक बजे बालिकाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।