विराटनगर– जलविद्युत आयोजनाको नक्कली कार्यालय सञ्चालन गरी ठगी गर्दै आएका एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ।
_x000D_
_x000D_
तमोर मेवा जल विद्युत आयोजनको कार्यालय सञ्चालन गरी ठगी गर्ने मोरङको लेटाङ नगरपालिका–३ का ५५ वर्षीय गुणराज ओझालाई प्रहरीले पक्राउ गरेको हो।
_x000D_
_x000D_
उनले विराटनगर ४ मा कर्मचारी नियुक्त गरी कार्यालय सञ्चालन गरेर ठगी गर्दै आएका थिए।
_x000D_
_x000D_
ओझाले अन्य व्यक्तिको नाममा दर्ता भएको कम्पनी आफ्नो हो भन्दै चितनारायण माझी, परमेश्वर ढुंगाना र ईश्वर ढुंगानाको घर भाडामा लिएर कार्यालय सञ्चालन गरेको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
ओझाले कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशक आफैं भएको दाबी गर्दै आएका थिए।
_x000D_
_x000D_
२०७४ चैतदेखि सञ्चालनमा आएको कार्यालयमा नेपाल सरकारको तलब स्केल, खाजा खर्च र ५ सय भत्ता दिने गरी करारमा कर्मचारी नियुक्ति गरिएको छ। उनले अफिस सञ्चालनमा समस्या भएको बताउँदै कर्मचारीबाट ४ लाख ९१ हजार सापटी लिएका थिए।
_x000D_
_x000D_
लामो समयसम्म सापटी फिर्ता र तलबसमेत नदिएपछि कर्मचारीहरुले प्रहरीमा उजुरी गरेका थिए।
_x000D_
_x000D_
सोही उजुरीका आधारमा ओझालाई मंसिर ११ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
_x000D_
_x000D_
उनीमाथि ठगी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।