काठमाडौं– जनसेवी लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ।
_x000D__x000D_
संस्थाको अधिकृत पुँजी रु ३० करोड, जारी पूँजी १४ करोड रुपैयाँ रहेको छ भने चुक्ता पुँजी ९ करोड ८० लाख रुपैयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कमल खत्रीले बताए।
_x000D__x000D_
संस्थाले १२ हजार २ सय ४६ जना सदस्यबाट २०७५ कात्तिक मसान्तसम्म १४ करोड ३६ लाख ६२ हजार २० रुपैयाँ बचत संकलन गरेको छ भने ७ हजार ३ सय ४७ जना सदस्यलाई १ अर्ब, ४४ करोड, ४३ लाख, ७२ हजार ५ सय रुपैयाँ कर्जा प्रवाह गरेको छ।
_x000D__x000D_
संस्थाले सर्वसाधारणका लागि ४ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको सेयर निस्कासन गर्न धितोपत्र बोर्डमा स्वीकृतिका लागी निवेदन दर्ता गरिसकेको संस्थाका प्रमुख कार्यकारी अधिकृत खत्रीले जानकारी दिए।
_x000D__x000D_
१० जिल्ला कार्यक्षेत्र (पर्वत, बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, गोरखा , तनहुँ, लमजुङ, कास्की र गुल्मी) भएको यस संस्थाले हाल २१ वटा शाखा कार्यालयमार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।