काठमाडौं– चालु आर्थिक वर्ष २०७५/०७६ को पहिलो त्रैमाससम्ममा नेपाल राष्ट्र बैंकले १ सय २१ अर्ब भारतीय रुपैयाँ खरिद गरेको छ।
_x000D_
_x000D_
समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर ६९ करोड ९१ लाख खुद खरिद गरी ८० अर्ब ७५ करोड बराबरको खुद तरलता प्रवाह गरेको छ।
_x000D_
_x000D_
त्यसैगरी, अमेरिकी डलर १ अर्ब २ करोड, युरो १ करोड ६० लाख, पाउन्ड स्टर्लिङ्ग २ करोड र जापानी येन १० अर्ब बिक्री गरी १ सय २० अर्ब ९१ करोड बराबरको भरतीय रुपैयाँ खरिद गरेको हो।
_x000D_
_x000D_
पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले ३ सय ३६ अर्ब ८७ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरुले ३२ अर्ब ४४ करोडको अन्तर बैंक कारोबार गरेका छन्।
_x000D_
_x000D_
तरलता प्रशोचन घट्यो, चार महिनामा ९५ अर्ब
_x000D_
चालु आर्थिकको पहिलो त्रैमाससम्ममा नेपाल राष्ट्र बैंकले तरलता प्रशोचन घटेको जनाएको छ।
_x000D_
_x000D_
तरलता प्रशोचन भनेको कुनै पनि बैंकिङ प्रणालीमा रहेको कुल रकम हो। पहिलो त्रैमासमा सबै बैंक तथा वित्तीय संस्थाहरुमा कूल ९५ अर्ब ३५ करोड तरलता प्रशोचन रहेको छ। यो रकम ऋण दिन भने मिल्दैन। जसले लगानीयोग्य पुँजीको अभावलाई सुल्झाउन नसकेको हो।
_x000D_
_x000D_
अघिल्लो वर्षको सोही अवधिमा १ सय १५ अर्ब ४० करोड रुपैयाँ तरलता प्रशोचन गरिएको थियो। समीक्षा अवधिमा ३ अर्ब ४२ करोड रुपैयाँ स्थायी तरलता सुविधा उपयोग भएको छ। अघिल्लो वर्षको सोही अवधिमा ३० करोड रुपैयाँ स्थायी तरलता सुविधा उपयोग भएको थियो।
_x000D_
_x000D_
नेपाल राष्ट्र बैंकले अहिले बैंकहरुको सिसिडी रेसियो ८० प्रतिशत तोकेको छ। जसअनुसार बैंकहरुले सामान्यतया कूल निक्षेपको ८० प्रतिशत मात्रै लगानी गर्न पाउँछन्। बाँकी रहेको २० प्रतिशत पनि बैंकहरुमा प्रवाह हुने पैसा हो। तर, यो निक्षेप लगानी गर्न भने मिल्दैन। जसका कारण अहिले तरलता बढ्दा पनि बैंकहरुले लगानी गर्न नपाएका हुन्।
_x000D_
_x000D_
बैंक तथा वित्तीय संस्थामा तरलता अधिक भएपछि राष्ट्र बैंकले रिभर्स रिपोमार्फत बजारको तरलता खिच्ने गरेको छ। नेपाल राष्ट्र बैंकले जुन बैंकले सस्तो ब्याजमा आफूलाई रकम दिन तयार हुन्छ, उसलाई प्राथमिकता दिएर रकम लिने गर्दछ। ब्याज दर अत्यन्तै न्यून भएको हुनाले बैंकहरुसँग आवश्यकताभन्दा धेरै तरलता रहेको संकेत गर्दछ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।