नुवाकोट– नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेलाको पहिलो दिन जिल्ला सभापतिहरूले विधानमाथि धारणा राख्ने काम सकिएको छ।
_x000D_
_x000D_
विधानमा सुझाव दिनका लागि दुई महिला जिल्ला सभापति सहित १७ सदस्यीय सुझाव समिति बनाइएको छ। उक्त समितिले विधानमा आवश्यक सुझावका लागि जिल्ला सभापतिहरूलाई आफ्नो राय पेस गर्नेछ।
_x000D_
_x000D_
प्रस्तुत रायका आधारमा जिल्ला सभापतिहरूको भेलाले केन्द्रीय कार्यसमितिलाई सुझाव पेस गर्नेछ।
_x000D_
_x000D_
बुधबार गृहकार्य गरी अाज बिहान आठ बजे बस्ने सभापतिहरूको भेलामा प्रतिवेदन प्रस्तुत गर्ने भनिएपनि उक्त समितिले आन्तरिक तयारी गर्न नै सकेन।
_x000D_
_x000D_
बुधबारको बैठकमा सबैजसो जिल्ला सभापतिले महासमितिको बैठकमा फरक मत जान नहुनेमा जोड दिएका छन्। केन्द्रीय समितिमा अझ घनीभूत छलफल भई पार्टी एकमत हुनुपर्नेमा सबै जिल्ला सभापतिले जोड दिएको नवलपरासी जिल्ला सभापति विष्णु लामिछानेले जानकारी दिए।
_x000D_
_x000D_
जिल्ला सभापतिहरूको भेलाले समान धारणा ल्याउने संकल्प लिएको छ।भेलामा जिल्ला सभापतिहरुको भूमिका गौण नबनाउन आग्रह गरिएको छ।
_x000D_
_x000D_
केन्द्र र तल्लो तहको कार्य समिति जोड्ने जिल्ला कार्य समिति भएकोले सभापतिहरुको अधिकार नखोस्न सचेत बनाइएको छ। जिल्लामा क्रियाशील पूर्व सांसद वा उम्मेदवारहरूलाई पार्टीसँग आवद्ध रहनका लागि विधानमै स्पष्ट व्याख्या गर्न सुझाएको छ।
_x000D_
_x000D_
भेलाले विधानमै उल्लेख गरेर जिल्लाको पूर्व सभापति सल्लाहकार बनाउनुपर्ने विधानमा व्यवस्था गर्न सुझाएको छ। महासमिति बैठकले जिल्ला सभापतिहरुको मर्यादाक्रम स्पष्ट गर्न आग्रह गरेको छ।
_x000D_
_x000D_
केन्द्रीय नेताहरू आफ्नो क्षेत्रप्रति उत्तरदायी नभएको बताउँदै जिल्ला सभापतिहरूले नेताहरु क्षेत्रीय तहबाट महाधिवेशनमा चुनिनु पर्ने आवाज उठाएका छन्। क्रियाशील सदस्यताको दुरुपयोग हटाई क्रियाशील सदस्यता कायम राख्न जिल्ला सभापतिहरूको जोड़ रहेको छ।
_x000D_
_x000D_
बुधबारको छलफलमा मूलत्: सभापतिहरूले काम गर्ने वातावरण बन्नु पर्नेमै जोड रहेको थियो। सशक्त जिल्ला कार्य समिति बनाउन जोड दिइएको काठमाडाैंका जिल्ला सभापति सबुज बानियाँले बताए।
_x000D_
_x000D_
बुधबार साँझसम्म पाँच दर्जन जिल्ला सभापतिहरू ककनीमा आइपुगेका छन्। विधानमा आवस्यक सुझाव सहित जिल्ला सभापतिहरूको भेला बिहीबार अपरान्ह सकिने नुवाकोटका जिल्ला सभापति जगदिश नरसिंह केसीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।