काठमाडौं– बुढानिलकण्ठ नगरपालिका-५ स्थित विष्णुमती खोलामा बन्न लागेको नयाँ पुल निर्माणको काम अलपत्र परेको छ। निर्माण सम्पन्न गर्नुपर्ने मिति गुज्रिएको ६ महिना पुग्दा पनि निर्माण कम्पनीको लापरबाहीका कारण आधा पनि काम भएको छैन।
_x000D_
_x000D_
निर्माण कम्पनी ‘रोसन पेरा जेभी’ले २०७५ साल असार १० गते निर्माण सम्पन्न गर्ने गरी २०७२ असोज १७ गते उक्त पुल निर्माणको जिम्मा लिएको थियो। तर उक्त पुलको अधिकांश काम अझै बाँकी छ, पुलको पिल्लर ठड्याउने बाहेक अन्य काम भएको छैन।
_x000D_
_x000D_
'२०७५ आषाढ १० गते भित्रमा पुलको निर्माण कार्य सम्पन्न गरी स्थानीय तहलाई हस्तान्तरण गर्ने वाचा निर्माण कम्पनीले गरेको थियो। तर सो अवधि गुज्रिएको ६ महिना हुन लाग्दा पनि निर्माण व्यावसायीले कुनै चासो देखाएको छैन,' वडाध्यक्ष विजय लामाले भने।
_x000D_
_x000D_
दुई करोड ११ लाख २३ हजार १ सय २३ रुपैयाँ बजेटमा निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले विभिन्न कारण दर्शाउँदै आलटाल गरिरहेको छ। यसबीचमा खोलाको दुई किनारामा पिल्लर उठाउने बाहेक कुनै काम भएको छैन।
_x000D_
_x000D_
पुल पुनर्निर्माणमा ढिलाई भएको भन्दै निर्माण कम्पनीलाई बारम्बार पत्र पठाउँदा पनि लापरबाही गरेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका इन्जिनियर धनबहादुर बुढाले बताए। 'हाम्रो सूचनालाई बेवास्ता गर्यो, हामीले निर्माण सम्पन्न गर्ने अवधि सकिएकाले तत्काल काम सक्न ताकेता गरिरहेका छौं। अब लिखित रूपमा चेतावनी दिने तयारीमा छौं।'
_x000D_
_x000D_
१८ मिटर लम्बाइ र ९ मिटर चौडाइको हुने उक्त पुल निर्माणको सुरुमा नै सम्झौतामा उल्लेख भएको भन्दा कमसल डन्डी प्रयोग भएको निर्माण कम्पनी पक्षका एक सहायक इन्जिनियरले बताए। 'भूकम्पपछिको नाकाबन्दीका कारण निर्माण सामग्री अभाव भएकाले समस्या पर्यो। पछिल्लो समय दिउँसोको समयमा सरकारले टिपर संचालनमा समेत रोक लगाएकाले समयमा नै काम पूरा गर्न नसकिएको हो,’ उनले भने। पुस पहिलो सातामा पुल निर्माणको काम सम्पन्न गर्ने दाबी उनको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।