काठमाडौं- नेकपा सचिवालय कमिटीको बैठकले सातवटै प्रदेशको कमिटी सदस्यहरूको टुंगो लगाएको छ।
_x000D_
_x000D_
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेश कमिटी सदस्यको नाम टुंगो लगाएको हो।
_x000D_
_x000D_
सदस्यहरूको नाम भोलि मात्र सार्वजनिक गरिने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
_x000D_
_x000D_
प्रदेशको पदाधिकारी भने असोज ५ गतेको सचिवालय बैठकले छनोट गरेको थियो।
_x000D_
_x000D_
केन्द्रीय सदस्यहरूको जिम्मेवारी भने अर्को बैठकले टुंगो लगाउने श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।