काठमाडौं– महासमिति बैठक नजिकिँदै जाँदा नेपाली कांग्रेसभित्र समूहगत भेटघाट र छलफलले तीव्रता पाउन थालेका छन्।
_x000D_
_x000D_
केही हप्तायता सुजाता कोइराला निवासमा पटकपटक संस्थापन इतर समूहको बैठक बस्दै आएकोमा बुधबार भने सभापति शेरबहादुर देउवा समूहको बसेको छ। उनीहरु देउवा निवास बूढानीलकण्ठमा जम्मा भएका हुन्।
_x000D_
_x000D_
बुधबार दिउँसो १२ बजेदेखि जारी बैठकमा देउवा पक्षका प्रभावशाली नेताहरु प्रकाशशरण महत. बालकृष्ण खाँड, रमेश लेखक लगायतका नेताहरु उपस्थित छन्। सुजाता निवासमा निरन्तर बैठक बस्ने गरेपछि आफ्नो रणनीति तय गर्न बैठक बस्नुपरेको बैठकका लागि पुगेका एक नेताले नेपाल लाइभलाई जानकारी दिए।
_x000D_
_x000D_
बुधबार नै अर्को समूहको बैठक शशांक कोइरालाको घरमा बोलाइएको छ। सो समूहको बैठक मंगलबार मात्रै सुजाता कोइरालाको घरमा बसेको थियो।
_x000D_
_x000D_
कांग्रेस केन्द्रीय समितिको बैठक बिहीबार बस्दैछ।
_x000D_
_x000D_
विधान मस्यौदा समितिले अघिल्लो बैठकमा पेस गरेको थियो। त्यसमाथि भोलिको बैठकमा छलफल हुने छ। बैठकमा समान धारणा बनाउनका लागि पनि कसरत समूहगत रुपमा छलफल भइरहेको हो। त्यसो त, समान धारणाको प्रयास केन्द्रीय समितिको बैठकसम्मलाई सीमित छैन। महासमिति बैठक हुँदै १४औं महाधिवेशनसम्म रणनीतिक रुपमा अघि बढ्ने प्रयास भइरहेको भेटघाटमा सहभागी नेताहरुले बताउने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।