बेरूत– लेबनानको प्रसिद्ध मनोरञ्जनात्मक कार्यक्रममा प्रस्तोता रहेका एक जना बेलायती रेडियोकर्मी गाभिन फोर्ड आफ्नै घरमा मंगलबार मृत फेला परेका लेबनानको राष्ट्रिय समाचार समितिले जनाएको छ।
_x000D_
_x000D_
फर्डको मृत शरीर बेरूतबाट पूर्वमा रहेको बेइट मेरी सहरस्थित उनकै निवासमा भेटिएको थियो।
_x000D_
_x000D_
फोर्डले काम गर्दै आएको ‘रेडियो वन’ समेत रहेको सहरमा बस्दै आएका रेडियोकर्मीको मृत्युबारे रोजगारदाता संस्थाले सामाजिक सञ्जालमा प्रेषित शोक सन्देशमा भनेको छ, 'हाम्रा प्रिय मित्रको निधनको खबरले रेडियो परिवारलाई दुःखी बनाएको छ। हामीले उहाँसँग वर्षौंसम्म हासीखुशी विताएका पलहरूले हाम्रो स्मृतिमा उहाँ सधैँ टाढा हुनुहुने छैन।'
_x000D_
_x000D_
प्रहरी तथा उनी कार्यरत रेडियोले मृत्युको कारण भने उल्लेख गराएका छैनन्। लेबनानको राष्ट्रिय समाचार समितिले बताएअनुसार सुरक्षा निकायले उनको मृत्युबारे अनुसन्धान अघि बढाउने कुरालाई इन्कार गरेको छैन।
_x000D_
_x000D_
फोर्डको मृत्युको खबरपछि दुःख व्यक्त गर्दै आएका श्रद्धाञ्जलीका सन्देशहरूले सामाजिक सञ्जाल भरिएका छन्। उनलाई लेबनानीहरूले धेरै वर्षदेखिको लोकप्रिय रेडियो कार्यक्रम प्रस्तोताका रूपमा सम्झेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।