काठमाडौं– नेपालमा औषधि उत्पादन गर्दै आइरहेको कम्पनी म्याग्नस फर्माले मधुमेहका बिरामीका लागि नयाँ औषधि बजारमा ल्याएको छ।
_x000D__x000D_
म्याग्नसले विश्वव्यापी रुपमा नयाँ तथा अत्यन्तै प्रभावकारी मानिएको 'इम्पाग्लिफ्लोजिन' (Empagliflozin) नामक मधुमेहको औषधि बजारमा ल्याएको हाे। म्याग्नसले औषधिको ब्रान्ड नेम भने ‘ग्लिाफज’ (Glifaz) राखेको छ।
_x000D__x000D_
सामान्य अर्थमा, रगतमा चिनीको मात्रा सामान्यभन्दा अधिक हुनुलाई चिनीरोग या मधुमेह भनिन्छ। मधुमेह भएका व्यक्तिहरुमा सामान्यतया बढी तिर्खा लाग्ने, छिनछिनमा पिसाब लागिरहने, अत्यन्त थकान महसुस हुने र क्रमश: शरीरको वजन घट्दै जाने हुन्छ।
_x000D__x000D_
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा अत्यधिक मोटोपन र निस्क्रिय जीवनशैली मधुमेहको प्रमुख कारण हो। नेपालमा मधुमेहसम्बन्धी आधिकारीक तथ्यांक नभए पनि सन् २०१६ मा जारी गरिएको 'डायबेटिक प्रोफाइल'का अनुसार ९ दशमलब १ प्रतिशत नेपालीमा मधुमेह देखिएको छ।
_x000D__x000D_
म्याग्नसका बजार प्रबन्धक सुधिर प्रकाश मास्केका अनुसार 'इम्पाग्लिफ्लोजिन' संसारभर नै मधुमेहका बिरामीका लागि अत्यन्तै प्रभावकारी मानिएको औषधि हो। प्राय:जसो अन्य मधुमेहका औषधिले प्याङक्रियाजमा गएर काम गर्ने र इन्सुलिनको मात्रा वा प्रभावकारीता बढाउने काम गर्दछ। तर, ग्लिफाजले भने मिर्गौलामा हुने ग्लुकोजको मात्रा (Reabsorb)लाई घटाई शरीरमा भएको अतिरिक्त ग्लुकोजलाई पिसाबको मार्फत बाहिर पठाइ मधुमेहको सफल उपचार गर्ने गर्दछ।
_x000D__x000D_
विश्वभर राम्रो बजार तथा उत्पादन भए पनि नेपालको सन्दर्भमा भने 'इम्पाग्लिफ्लोजिन'को लागि मधुमेहका बिरामीले आयातित ब्रान्डमै निर्भर रहनुपरेको थियो। आयातित औषधि महँगो र सर्वसुलभ पनि थिएन।
_x000D__x000D_
म्याग्नसले देश बाहिरको ब्रान्डभन्दा झन्डै आधा सस्तो मूल्यमा ग्लिफाजलाई बजारमा ल्याएको मास्केले जानकारी दिए।
_x000D__x000D_
उनका अनुसार आयातित ब्रान्डको १० एमजीको ट्याब्लेटलाई बिरामीले ७५ रुपैयाँ तिर्नु पर्छ। तर, म्याग्नसले ग्लिफाज १० एमजीको ट्याब्लेटलाई ४५ रुपैयाँमा उपलब्ध गराउने छ।
_x000D__x000D_
‘हामीले विश्व बजारमा बिक्रि हुने गुणस्तरकै औषधि सस्तोमा उत्पादन गरेका छौं। यसले गर्दा बिरामीलाई औषधि खरिद गर्ने आर्थिक बोझ पनि घट्ने छ’, उनले भने।
_x000D__x000D_
ग्लिफाज हाल ५ र १० एमजीमा बजारमा उपलब्ध छ।
_x000D__x000D_
छाटो समयमा सृजनशिलता र नविन कार्यका कारण स्वास्थ्यकर्मीका माझ सफल म्याग्नसले यसअघि पहिलो पटक मष्तिस्कघातका बिरामीका लागि दिइने 'सिटिकोलिन' औषधिलाई ‘ब्रानटोन’ नामको ब्राण्डमा, छारे रोगको अत्यावश्यक औषधि 'लेभेटाम' ब्रान्डमा ‘लेभिटेरासिटाम’ र 'लेमोजिन' ब्रान्डमा ‘लेमोट्रिजिन’ नामको र मधुमेहकै अर्को औषधि 'ग्लिप्टिन' बजारमा ल्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।